कोरियामा अर्का नेपालीले पनि गरे आत्महत्या


देवेन्द्र सम्बाहाम्फे 


सोल (दक्षिण कोरिया) , श्रावण १० - प्यूठानका ओमप्रसाद शेरचनले आत्महत्या गरेको केहि घण्टा बित्न नपाउदै कास्की पोखरा बगरका २५ बर्षीय नबिनकुमार गुरुङले थेगु शहर नजिकै  बुधबार बिहान हामफालेर आत्महत्या गरेका छन् ।
केहि महिना अघिदेखि मानसिक सन्तुलन गुमाएका  गुरुङले प्रहरीकै अगाडि एक अपार्टको चौध तलाबाट ९:३५ बजे हामफालेर आत्महत्या गरेका हुन् । उनीसँगै काम गर्ने झापाका अर्जुन पनेरुका अनुसार बुधबार बिहान थेगुको सो अपार्टको चौध तलामा एयर कन्डिसनको पाइप समातेर बसिरहेको अवस्थामा फेला परेपछि सुरक्षित उद्दार गर्न प्रहरीले जाली बिछ्याउँदा बिछ्याउँदै गुरुङले हाम्फालेका थिए । उनी ईपिएस मार्फत गत वर्ष अप्रिलमा कोरिया आएका हुन् ।
मानसिक रुपले अस्वस्थ भएपछि गत सोमबार थाई एयरबाट घर फर्कन कम्पनीबाट बिदा भएका गुरुङलाई बुधबार बिहान अचानक प्रहरीले त्यहाँ भेट्टाएका हुन । पनेरुका अनुसार गुरूङले केहि महिना अघि देखि कोरियाकै आन्सान शहरमा कार्यरत पोखराकी एक बिधुवा महिलालाई प्रेम प्रस्ताव राख्दै आएका थिए तर ती महिलाले आफुलाई प्रेम गरेर भविष्य नाबिगार्न आग्रह गरेपछि मृतक गुरुङ मानसिक रुपले विक्षिप्त बनेका थिए । हाल शव थेगुकै एक अस्पतालमा राखिएको छ।
कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाका अनुसार मृतक गुरूङले मंगलबार अपरान्ह अज्ञातस्थलबाट धम्कीको भाषामा 'जे पनि हुन सक्ने' भन्दै दुताबासमा फोन गरेका थिए। गुरूङको फोन आउने बित्तिकै नम्बरको आधारमा थेगु बाणिज्य दुतावासका कन्सुलरले प्रहरीमा जाहेरी गरेका थिए ।
यसअघि छनान फेक्सकदोङमा रहेको ‘सामा सिजन’ नामक कम्पनीमा कार्यरत प्यूठान स्याउलीबाङ ५ का ओमप्रसाद शेरचनले मंगलबार बिहान झुण्डिएर आत्महत्या गरेका थिए ।
ईपीएस मार्फत ढेड वर्षअघि कोरिया आएका शेरचनले कम्पनीकै शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
सो कम्पनीमा कार्यरत पर्वतका लक्षु शर्माले दिएको जानकारी अनुसार मंगलबार बिहान साढे आठ बजे दाँत दुखेकाले कम्पनी ब्यबस्थापकसँग अस्पताल जान शेरचनले अनुमति लिएका थिए तर ११.३५ बजेतिर उनी शौचालयमा झुण्डिएर मृत अवस्थामा भियातनामकी एक महिला कामदारले फेला पारेकी थिइन् ।
शेरचनले आत्महत्या गर्नुको कारण हालसम्म पनि खुल्न सकेको छैन । एउटै शाखामा सँगै काम गरिरहेका शर्माका अनुसार मृतक शेरचन मादक पदार्थ  सेवन गर्दैनथे र कम्पनी ब्यवस्थापनसँगको सम्बन्ध पनि राम्रै थियो । शव हाल छनानकै एक अस्पतालमा राखिएको छ । मृतकको परिवारमा आमा, बुबा र दुई भाइ छन् ।
अविवाहित २३ बर्षीय शेरचन तीन महिनाअघि मात्र कम्पनी परिवर्तन गरी त्यहाँ गएका थिए । बिद्युतीय सामान उत्पादन गर्ने उक्त कम्पनीमा हाल ११ नेपाली कार्यरत छन् । गतबर्ष पनि सो कम्पनीमा पाल्पाका मानबहादुर दर्लामीले भर्‍याङमा झुण्डिएर नै आत्महत्या गरेका थिए ।
स्थानीय छुबुक प्रहरीले घटनाको प्रारम्भिक प्रतिवेदन मंगलबार नै सोलस्थित नेपाली राजदूतावासलाई बुझाइसकेको छ । दूतावासका एक अधिकारीले दिएको जानकारी अनुसार प्रहरीको प्रतिवेदनको आधारमा परराष्ट्र मन्त्रालय र बैदेशिक बोडमा पत्र पठाइसकिएकोछ । घटनास्थलमा  नेपाली दूतावासका प्रतिनिधि बुधबारसम्म पनि नपुगेको सोही कम्पनीमा कार्यरत एक नेपालीले बताए ।

                                    ( साभार : कान्तिपुर ) 

Related

korea 1568464960263006050

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item