नेपाल आयरल्याण्डसित् १४ रनले हारयो

अस्ट्रेलियामा भइरहेको आईसीसी यू-१९ वर्ल्डकपको दोस्रो खेलमा नेपाल आयरल्यान्डसित् १४ रनले पराजित भएको छ ।आयरल्याण्डले  पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । नेपालका भुवन कार्की, राहुल विश्वकर्मा, पृथु बाँस्कोटा र अविनाश कर्णले समान दुई दुई विकेट लिए l१ सय ८६ रनको लक्ष्य पच्छ्याएको नेपाल तीन बल बाकी छंदै नेपाल १ सय ७१ रनमा अलआउट भयो ।राहुल विश्वकर्मा ३२, सुवास खकुरेल ३१, प्रदिप ऐरी २९, पृथु बाँस्कोटा २०, सागर पुन ८, राजेश पुलामी मगर ६ ,नरेश बुढाऐर ५, सौरभ खनाल ३, भुवन कार्की २ रनमा आउट भए । अविनाश कर्णले आउट नभइ १४ रन जोडे । हासिम अन्सारीले खाता नै खोल्न सकेनन् । आयरल्याण्डका जर्ज डकरेलले ४, एडम कोग्लान र गे्रम म्याक्कार्टरले २/२ विकेट लिए ।नेपालले पहिलो खेलमा अस्टे्रेलियासँग २ सय १२ रनको हार बेहोरेको थियो l लगातार दुई हारसँगै सूमह 'ए' बाट सुपर एटमा पुग्ने नेपालको संभावना लगभग समाप्त भएको छ ।  नेपालले बिहीबार समूह चरणको अन्तिम खेलमा पूर्वविजेता इङल्यान्डको सामना गर्ने छ ।

Related

अन्तराष्ट्रीयखेलकुद 8903839559403670395

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item