मिस नेपाल सृष्टि बिच ब्युटीको टप टेनमा पर्न सफल


मिस वर्ल्डमा सहभागी हुन चीनमा रहेकी मिस नेपाल सृष्टि श्रेष्ठ बिच ब्युटीको टप टेनमा पर्न सफल भएकी छिन्। आफू टप टेनमा परेको खबर उनले आफ्नो फेसबुक र ट्विटरमार्फत् बिहीबार राति सार्वजनिक गरेकी हुन्।


उनले फेसबुकमा लेखेकी छिन्- नमस्ते नेपाल !!! राम्रो समाचार :) म बिच ब्युटीको फाइनल टप टेनमा परेकी छु। म निकै हर्षित छु। माया र समर्थनका लागि सबैलाई धन्यवाद !

मिस वर्ल्डको उपाधिका लागि अन्तिम प्रतिस्पर्धा आउँदो शनिबार हुँदैछ।

Related

news 8879320640710334302

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item