चलचित्र चलपली हाइट अब आन्सानमा: हेल्प नेपाल नेट्वर्कलाई रु एक लाख सहयोग


रंजन कुंवर
सउल, दक्षिण कोरिया l


सउल र किमेको सफल प्रदर्शन पछी सुपरहिट नेपाली चलचित्र आन्सानमा यहि अगष्ट १२ प्रदर्शनको लागि तयारी पूरा भएको बताईएको छ। यस अघि आन्सानमा जुलाई २९ तारिखमा देखाईने बताईएको भए पनी नेपालमगर संघको भलिवल लाई ध्यान दिंदै र प्रथम सहिद लखन थापाको नाममा उक्त प्रतियोगिता हुन लागेकोले सहिद थापा प्रती सम्मान व्यक्त गर्दै उक्त निर्धारित समयमा प्रदर्शन गर्न नसकेकोमा आयोजकले सबै उत्साहित दर्शकहरू संग क्षमा मागेको थियो। आन्सानको हुक सेन्टरमा हुन लागेको उक्त प्रदर्शनीको टिकट उलेख्य मात्रामा बुकिङ भैसकेको जानकरी दिंदै आयोजकले यो चलचित्रलाई कोरियाका बिशेषत युवा युवतीहरूले चासो दिएको जानकारी गराएको छ। उक्त दिन चलचित्रको दुई शो गरिने भएको छ जसमा पहिलो शो १२ बजे र दोस्रो शो ३ बजे हुनेछ। साथै आयोजकले सुपरहिट चलचित्र हेरेर मनोरन्जनको साथ साथै सामाजिक अभियानमा सामेल भएर सहयोग गर्न सम्पुर्ण कोरियाबासी नेपालिहरूलाई अपिल गरेको छ। यौन मनोविज्ञानमा आधारित उक्त चलचित्र दीपेन्द्र के खनालले निर्देशन गर्नुभएको हो । विनीता बराल, अमिर गौतम, राज घिमिरे आदिको मुख्य अभिनय रहेको चलचित्र अर्जुनकुमारले निर्माण गरेका हुन् । तीन पात्रबीचको मनोविज्ञान, सेक्स र मानवीय सम्बन्धको उतारचढाबलाई चलचित्रको मुख्य विषयवस्तु बनाईएको छ। । विश्वको चलचित्र बजारमा आफ्नो साम्राज्य विस्तार गर्दै अगाडि बढेको भारतीय चलचित्र अहिले संसारमा सबैभन्दा बढी दर्शकहरूले हेर्नेमा पर्दछ। तर केही महिना पहिले भारतीय चलचित्र नहेरेर नेपाली चलचित्र हेरिदिँदा भारतीय चलचित्रको नेपाल अधिकार किन्ने वितरकले घाटा सहनुपर्‍यो। कुरा चलचित्र ‘एजेन्ट विनोद’को हो। यो चलचित्रमा दुई भारतीय स्टार छन् सेफ अली खान र करिना कपुर। उता चलचित्रका निर्माता अर्जुनकुमारले राम्रो चलचित्र भएको र नेपाली दर्शकले अत्याधिक मनपराएको चपली हाईट हेर्न सम्पुर्ण कोरियाबासी नेपालीहरूलाई अनुरोध गर्नुभएको छ । स्मरण रहोस् चलचित्र चपलीहाइटलाई अमेरीकी कम्पनीले मोटो रकम करिव ५० लाख नेपालीमा किनेको थियो भने भारतको प्रमुख टेलीभिजन च्यानल स्टार च्यानले पनी महंगो रकम तिरेर प्रसारण अनुमति लिएको थियो ।
समरण रहोस् नेपालकोरियटाइम्सले गत आइतवार काभ्रेको बिद्द्यालयामा पुस्तकालय स्थापना गर्न नेपालकै ठुलो परोपकारी संस्था हेल्प नेपाल नेटवर्कलाई रु एक लाख सहयोगको घोषणा गरिसकेको छ।

Related

korea 2968899841279947450

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item