श्रद्धाञ्जली भवन निर्माण का लागि तमू धीं दक्षिण कोरियाद्धारा पुनः ३ लाख सहयोग
https://nnkorea.blogspot.com/2012/08/blog-post_8.html
सुरज गुरुङ
सउल, दक्षिण कोरिया
तमू धीं दक्षिण कोरियाको पहलमा काठमान्डौं लिल्ला जोरपाटी गा.वि.स. वाड नं. २ (जम्बु डाँडा) मा मृत्यु पश्चात दाहासंस्कार एवं अन्तिम श्रद्धाञ्जली दिने पवित्र विश्रामस्थल भवन निर्माण कार्यको लागि पुन रु ३ लाख पठाएको छ । यसअघि तमू धींले ९ लाख रुपैया पठाई सकेको छ ।
तमू धी दक्षिण कोरियाले अगष्ठ १२ तारिखका दिन साधारण सभा सम्बन्धि बृहत बैठक आयोजना गर्ने भएको छ । तमू धीले कोरियामा रहनु भएका सम्पूर्ण तमू दाजुभाई तथा दिदीबहिनीहरुमा उक्त दिन उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
बैठकको विषयहरुः
१. केन्द्रिय समितिः सउल, ग्योङ्गीदो, ईन्छन्
२. क्षेत्रिय संस्थाहरुः
क. क्षेत्र नं. १ पुसान, किम्हे, कजेदो, मासान
ख. क्षेत्र नं. २ थेगु, थेजन
ग. क्षेत्र नं. ३ छल्लादो, फोहाङ्ग
आदि क्षेत्रहरु समेट्ने गरि समिति गठन गर्ने विषयहरुमा
आगामी साधारण सभा संम्बन्धि बृहत छलफलको लागि विषयहरु
३. साधारण सभाको लगि आयोजक समिति गठन
४. विधान, लोगो नामकरण संशोधन समिति गठन
५. संस्थाको सांगठनिक प्रगति प्रतिवेदन तयारी समिति गठन
६. आर्थिक प्रतिवेदन तयारी समिति गठन
७. साधारण सदस्य वितरण समिति गठन
ईनै विषयहरुमा बृहत रुपमा छलफल गर्नु पर्ने भएकोले विभिन्न क्षेत्रमा रहनु भएका तमूहरु बुद्धी जिवी, विभिन्न पेशामा रहनु भएका तमू दाजुभाई तथा दिदीबहिनीहरुमा निम्न मिति, स्थान र समयमा उपस्थित हुन तमू धीं गणतन्त्र कोरियाले हार्दिक अनुरोध गरेको छ ।
स्थानः तमू धींं गणतन्त्र कोरियाको आफ्नै कार्यलय (सिन्सल दोङ्ग)
मितिः २०१२–०८–१२
समयः दिनको १२ बजे
Post a CommentDefault CommentsFacebook Comments