कोरियामा रहेका नेपालीहरुबाट हेल्प नेपाललाई रु १० लाख सहयोग प्रदान



ईश्वर दाहाल,

सउल, कोरिया l

बिबिसी नेपाली सेवाका प्रमूख तथा हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रबीन्द्र मिश्रलाई दक्षिण कोरियामा रहेका नेपालीहरुबाट संकलन गरिएको झण्डै १० लाख नेपाली रुपैयाँ प्रदान गरिएको छ । हेल्प नेपाल नेटवर्कको १० करोड रुपैयाँको परोपकारी अक्षय कोष स्थापनाका लागि कोरियामा संकलन गरिएको सो रकम संयोजक रघु त्रिपाठीले मिश्रलाई हस्तान्तरण गरेका हुन् ।
 नेपाल पत्रकार महासंघ तथा हेल्लो नेपाल कोरिया डटकमद्धारा आईतबार सउल स्थित कुक्मिन ह्वागनको सभाहलमा सयूक्तरुपमा आयोजित परोपकार तथा समाज सेवा बिषयक अन्तरकृया कार्यक्रममा भाग लिन दक्षिण कोरिया आएका मिश्रलाई कोरियाको बिभिन्न क्षेत्रमा कार्यरत पत्रकार, बिद्यार्थी, ब्यवसायी, समाज सेवी तथा नेपाली संघसंस्थाहरुले स्वतस्फुर्तरुपमा सहयोग प्रदान गरेका थिए । नेपालको अत्यन्त दुर्गम क्षेत्रहरुमा स्वास्थ्य तथा शिक्षा नपाएका नेपाली बालबालिकाहरुको अवस्था तथा सो क्षेत्रमा हेल्प नेपालको अभिवान मार्फत निर्माण गरेको सय भन्दा बढी स्वास्थ्य चौकी, पुस्तकालय, बिद्यालय तथा बाल आश्रम संग सम्वन्धित बृत्तचित्र हेरे पछि भाबुक भएका ब्यवसायी तथा समाज सेवी रुद्र सर्माले अक्षय कोषका लागि १ लाख रुपैयाँ दिने घोषणा गरे लगतै बिभिन्न दाताहरुबाट कार्यक्रम स्थलमै ६ लाख रुपैयाँ संकलन भएको थियो ।
यस अघि आयोजित उक्त कार्यक्रमलाई सभापती खेम कार्की प्रमूख अतिथी रबीन्द्र मिश्र बिशेष अतिथी नेपाली दुतावासका दुतिय सचिव प्रथमा उप्रेती तथा समाज सेवी रुद्र सर्माले सयूक्तरुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै मिश्रले हेल्प नेपाल नेटवर्क र यसका परोपकारी कार्यका बारेमा लामो चर्चा गरेका थिए। कोरियाबासी नेपालीहरूको उत्साहजनक सहभागिता रहेको उक्त अन्त्रक्रियामा मिश्रले धेरै हुनेले नहुनेलाई सहयोग गर्नु नै परोपकार रहेको बताउंदै नेतालाई गाली गरेर मात्र देश नबन्ने बताएका थिए । मिश्रले भने जब सम्म राज्य परोपकरी हुदैन,जब सम्म समाज प्रोपकारी हुदैन तव सम्म समाज र राष्ट्र कहिलै सुखी र खुशी हुन सक्दैन । उनले भने , परोपकार भनेको पैसा दिने मात्र होइन, मानव सम्बेदनलाई बढाउने बाटो हो ,सरिदय समाज निर्माण गर्ने थलो हो,हामी त भग्यमानी भयौ अब अरुको लागि गर्नु पर्छ भन्ने भावनाको बिकास गर्ने अधभुत सक्ति हो। देशको राजनैतीक अवस्था प्रति गम्भीर हुँदै भने,देश संबिधान बदलेर मात्र बन्ने होईन अब हामिले संस्कार बदल्नु पर्छ । घुस लियर खाएको मासु भन्दा गुन्द्रुक को झोल खाएको ठीक भन्ने भावना को बिकास गर्नु पर्ने बताए । साचिकै समृद्ध देश निर्मण गर्न चाहने हो भने हमिले आलोचना ,चिन्ता मात्र हैन अब आफूले सकेको देशको लागि गर्नु पर्ने बताए । हामी भाषण गर्छौ तर काम गर्दैनौ,हामी लेक्छौ तर देशको लागि केही गर्दैनौ यहि संस्कारले हामिलाई पछाडि धकलिरहेको छ। र वहाँले सामाजिक उतरदाइत्व र परोपकरी समाज निर्माण गर्नु पर्नेमा जोड दिए ।साथै उनले हेल्प नेपाल नेटवर्क मार्फत सहयोग गरेको रकम अत्यन्त पार्दर्शी हुने बताउंदै नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ भनेर आफूहरू लागिरहेको र त्यसको लागि विश्वको जुनसुकै कुनामा बसेका नेपालीहरूले सहयोग गर्नुपर्ने धारणा राखेका थिए।
यसैक्रममा बिभिन्न दाताहरुबाट कार्यक्रम पूर्व तथा कार्यक्रम स्थलमा संकलित रकमको एक पैशा पनि प्रसाशनिक काममा खर्च नगरि हेल्प नेपाललाई बुझाएको आयोजकले जनाएको छ ।  आयोजकले प्रसाशनिक खर्चहरु बिभिन्न दाताहरुबाट प्राप्त भएको बताउदै संकलित सम्पूर्ण रकम हेल्प नेपालको परोपकारी कोष स्थापनाका लागि रबीन्द्र मिश्रलाई हस्तान्तरण गरिएको बताए । आयोजकले हल तथा ब्यानर सौजन्यका लागि नेबिल बैँक तथा श्रमिक रेमिटलाई धन्यवाद ब्यक्त गरेको छ भने कर्यक्रमलाई सफल पार्न सहयोग पुर्याउनुहुने सबै पक्ष प्रति हार्दिक आभार ब्यक्त गरेको छ । अन्तरक्रिया कार्यक्रमको संचालन पत्रकारद्धय सरोज खड्का र ईश्वर दाहालले गरेका थिए भने पत्रकार पुष्प लमिछनेले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा बिभिन्न बक्ताहरूले परोपकरी समाज र सामाजिक उतरदाइत्वको बारेमा बोल्दै  मिश्रको यो अभियानलाई आफूले सकेको सहयोग गर्न उत्सहित भएएको बताए। कार्यक्रममा कोरियमा रहेका परोपकारी नेपालिहरूको उल्लेखनिय उपस्थिती रहेको थियो
कोरियामा बसेर नेपाल र नेपालीको हितमा परोपकार तथा समाजसेवा गरे वापत बिभिन्न संघसंस्था तथा ब्यक्तिहरु सम्मानित
उक्त कार्यक्रममा म्याग्दी समाज, दक्षिण कोरियालाई म्याग्दी जिल्लामा अस्पताल बनाउनको लागि रु.१५ लाख सहयोग गरेबापत सम्मान गरिएको थियो । त्यसैगरी सुदूरपश्चिम समाज, दक्षिण कोरियालाई विभिन्न परोपकारी कामहरुका साथै हेल्प नेपाल नेटवर्कको अभियानमा ११ लाख वन सहयोग गरेकोमा सम्मान गरिएको थियो । गोरखा समाज, दक्षिण कोरियालाई पनि १ करोड ५० लाख वनको अक्षय कोष स्थापना गरी गोरखा जिल्लामा शिक्षाबाट बन्चित बालबालिकाहरुलाई शिक्षा आर्जनको लागि सहयोग गरेको तथा गोरखा जिल्लामा आगलागि पिडितहरुलाई रु १ लाख ५० हजार रुपैयाँ सहयोग पठाएकोमा सम्मान गरिएको थियो । डोल्पा जिल्लाका पाँच जना बालिकाहरुलाई पोखरामा ल्याई पढाइरहेकोमा नेपाल आदिवासी जनजाति महासंघलाई पनि सम्मान गरिएको थियो ।
यसैगरी पर्वत जिल्लाका पाँच जना अपांग दिदीबहिनीहरुलाई रु.१लाख ५०हजार सहयोग गरेकोमा पर्वत प्रवासी समाजलाई पनि सम्मान गरिएको थियो । स्याङजा जिल्लाको अस्पतालमा ४९ लाख वनको एक्सरे मेशिन पठाएको र अग्नि पिडितलाई २० लाद वन सहयोग गरेवापत स्याङजा परिवारलाई पनि सम्मान गरिएको थियो । यसैगरी परोपकारी क्षेत्रमा अग्रसर योंस्टार गु्रपलाई ब्लड क्यान्सर पिडित बालिकालाई रु.४ लाख सहयोग पठाएकोमा सम्मान गरिएको थियो । साथै महिलाहरुको सुखदुखमा साथ दिएकोमा प्रवासी महिलाका लागि महिला लाई पनि सम्मान गरिएको थियो । यसैगरी भगवान गौतम बुद्धको जन्म नेपालमा भएको भन्दै कोरियामा सक्रिय रुपमा प्रचार प्रसार गरेकोमा बौद्ध परिवार र नेवा पुचलाई संयुक्त रुपमा सम्मान गरिएको थियो ।
बाग्लुंग सम्पर्क समितिलाई पनि रु.५ लाखको अक्षय कोष स्थापना गरि बिरामी भएको बेला उपचार गर्न नसक्ने गरिब तथा हसहाय परिवारलाई सहयोग पुर्याइरहेको भन्दै बाग्लुंग सम्पर्क समितिलाई पनि सम्मान गरिएको थियो । साथै तमुधि लाई पनि काठमाण्डौंको बौद्धमा क्रियापुत्री भवन निर्माणका लागि रु.६ लाख सहयोग गरेकोमा सम्मान गरिएको थियो । सोनसिकलाई पनि हेल्प नेपाल नेटवर्कको अभियानलाई सक्रिय रुपमा सहयोग पुर्याएको भन्दै सम्मान गरिएको थियो ।
यसैगरी व्यक्तिगत तर्फ सम्मान पाउनेमा रुद्र शर्मा, उदय राई, डा. राजेशचन्द्र जोशी, भरत गुरुगं, रमेश श्रेष्ठ, डा. अनुपमा श्रेष्ठ, डा.शेर बहादुर रावल रहेका थिए ।पर्वत जिल्लाका विभिन्न स्थानहरुमा १४ वटा पुस्तकालय निर्माणका लागि सहयोग पुर्याएकोमा रुद्र शर्मालाई सम्मान गरिएको थियो भने गायक भरत गुरुङ र रमेश श्रेष्ठलाई कोरियामा नेपाली कला, संस्कृति प्रवद्र्धन गरेकोमा सम्मान गरिएको थियो । नेपाली श्रमिकहरुको समस्यालाई आफ्नै समस्या सम्झिएर समाधानमा मदत पुर्याएकोमा उदय राईलाई सम्मान गरिएको थियो । डा. राजेशचन्द्र जोशीलाई कोरियाबाट डाक्टरहरु नेपाल लगि स्वास्थ्य शिविरहरु सन्चालन गरेकोमा सम्मानका लागि नाम बोलाइए पनि कार्यव्यस्तताको कारणले उहाँको उपस्थिति थिएन । डा.अनुपमा श्रेष्ठ, डा.शेर बहादुर रावल लाई हेल्प नेपाललाई व्यक्तिगत सक्रियतामा सहयोग पुर्याएकोमा सम्मान गरिएको थियो । दक्षिण कोरियामा अन्य धेरै राम्रा काम गरिरहेका संघ सस्था तथा नेपालीहरु भए पनि आयोजकलाई जानकारी भएको र  तत्कालै भए गरेका संघ सस्थाहरुलाई सो अवसरमा सम्मान गरिएको आयोजकले जनाएको छ । 

Related

korea 3087255107150498291

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item