कोरियामा नेपाल योंग स्टार ग्रुपका युवाहरुले परोपकारी कार्यमा निभाएको भूमिकाहरु : यम श्रेष्ठ
https://nnkorea.blogspot.com/2012/08/blog-post_6406.html

| अध्यक्ष यम श्रेष्ठ |
मैले यस नेपाल योंग स्टार ग्रुपको
बारेमा बुझ्न चाहने धेरै युवाहरुको आग्रहलाई मध्यनजर गरेर स्थापना कालको छोटो अवधिमा नै कोरियामा युवाहरुको सकृयता र एकताले निभाएको भूमिका र अग्रसरतालाई प्रस्त्याउन यो लेख तयार पारेको छु!यसलाई सबैले सकारात्मक रुपमा ग्रहण गरेर हाम्रो कमि कमजोरीलाइ औल्याइ दिनुभइ राम्रो सुझाब र दिशानिर्देसन पाइएमा थप राम्रो कल्याणकारी कार्य तर्फ अगाडी बढ्न सहयोग पुग्नेछ l
![]() |
| नेपाल योंग स्टार ग्रुपका सक्रिय सदस्यहरु |
![]() |
| ग्रुपको पहिलो कार्यक्रम नेपाली चलचित्र "देवयानी" प्रिम्रियर शो |
![]() |
| ब्रेन ट्युमरका बिरामी बिज्ञान राइलाइ नगद हस्तान्तरण गर्दै |
![]() |
| स्व.श्रवनराज पन्तको छोरीको शिक्षाको लागि नगद हस्तान्तरण l |
![]() |
| १६ जना अनाथ असहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण l |
![]() |
| नेपालमा ITP का बिरामी सरिता डिसी सहयोग गर्दै योंग स्टार ग्रुपका अध्यक्ष l |
![]() |
| नेपालमा ब्लड क्यान्सरबाट पिडित बालिका सरिता कार्कीलाइ नगद हस्तान्तरण गर्दै योंग स्टारका सदस्य l |
अहिलेसम्म हरेक व्यक्तिको जीवन बचाउन र आवश्यक ठाउहरुमा सहयोग पुर्याउन हामीले खेलेको भुमिकाप्रति हामी योंग स्टार ग्रुपका सम्पूर्ण सदस्यहरु गर्व गर्न सक्छौं । यसले हामीलाई ठूलो आत्मसन्तुष्टि पनि दिएको छ । अब व्यक्तिगत सहयोग मात्र सिमित नरहेर हामी समुदायको हितको लागि ७५ वटै जिल्लामा प्रत्येक जिल्लाको एउटा दुर्गम ठाऊँको स्कूलमा अक्षय कोषको स्थापना गरी त्यस कोषको ब्याजबाट विपन्न, गरिव, अनाथ, असहाय बालबालिकालाई पढ्ने अवसर दिनको लागि छात्रवृत्ति अक्षय कोष स्थापना गरी सहयोग गर्ने उदेश्य बोकेका छौं । यसमा तपाईहरु सबैको सहयोगको अपेक्षा गरेका छौं ।पारदर्शी जिबनका हरेक कठिन समयहरु त्यस समयमा भोगिने वर्तमानमा हामीलाई कठिन लाग्छ । तर त्यसको सामना गरेर अघि बढ्नु नै जीवनको नियती हो । र जीवन जीउनुको यथार्थ त्यहाँ हुन्छ जहाँ हामी संघर्ष गरेर अगाडि बढ्न सक्छौ । अत यो संघर्षमय जिन्दगीमा हामी आफूमात्र अगाडि बढेर होइन जो संघर्ष गर्न केही कमजोर छन् उनीहरुलाई पनि सँगसँगै हातेमालो गर्दै संघर्षको मैदानमा एकसाथ अगाडि बढेर जिन्दगी जिउनु नै जीवन जिउनुको सार्थकता हो । त्यसैले परोपकारी काममा तपाई हामी सबै मिलेर अघि बढ्न सकेमा मात्र हाम्रो देशलाई समुन्नत दिशातर्फ उन्मुख गराउन सक्छौं । त्यसैले आउनुहोस कल्याणकारी काममा हामी सबै एकजुट भएर लागौं ।हाम्रो सकारात्मक सोच सानो प्रयास र सहयोगबात सामाजमा केहि राहत र सकारात्मक संदेश पुग्छ त्यसैले हामीले अहिले आजैबाट केहि परोपकारी काम सुरु गरेर समाजको हितकोलागि र समृद्द राष्ट्र बनाउन युवाहरु जागरुक हुन अतिआवश्यक छ!
युवाहरु खराब नकारात्मक सोच र कार्यलाई त्यागेर अथवा समाजको बिकृति विसंगतिलाई निरुत्साहित पारेर एकजुट भइ समाजको हित र राम्रो उदाहरनिय कार्य गर्ने हाम्रो पहल हो l निस्वार्थ,विश्वसनिय र पारदर्शी ढंगबाट बिगतमा झैँ आगामी दिनहरुमा पनि सक्रिय रुपमा समाज सेवामा समर्पित भएर निरन्तरता दिने हाम्रो प्रतिबद्दता छ!नेपाली दाजुभाई दिदि बहिनिहरुले अहिले जुन प्रकारको माया साथ,बिस्वाश,सहयोग, सल्लाह दिएर हामीलाई अगाडी बढ्न हौसला दिदै आउनु भएको छ यसलाई निरन्तर रुपमा पाउने आशा राखेका छौ! नेपालमा आधिकारिक रुपमा दर्ता गर्ने प्रक्रियामा कोरियाबात फर्केका साथीहरु लागिपरेका छन्!अक्षय कोष निर्माणार्थ आउदो कोरियाको महान चाड चुसकमा बौद्द परिवारको सास्कृतिक कार्यक्रमको दिन अक्टुबर १ मा भाग्यशाली चिठ्ठा कार्यक्रम खोलिन गइरहेको हुदा कोरिया मा रहनुहुने सम्पूर्ण नेपाली समुदायको संघ संस्था तथा नेपाली दाजुभाई दिदीबहिनीहरुलाई यस कार्यक्रम सफल बनाउनको निम्ति आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याईदिन हुन हार्दिक बिनम्र अनुरोध गर्दछु! आफु संग बचेको समय समाज सेवामा समर्पण गर्न चाहने निस्वार्थ रुपमा कल्याणकारी काम गर्न इछ्युक सकारात्मक सोच भएका युवावर्गलाई यस अभियानमा सामेल भएर हातेमालो गर्दै रास्ट्रको निम्ति केहि योगदान पुर्याउने कामको सुरुवात गरौ भन्ने अपिल पनि गर्न चाहन्छु !हामीले निस्वार्थ,पारदर्शी र इमान्दारिता पुर्वक जुन उद्देश्य लिएर अभियान चलाउदै आएका छौ सोहि अनुरुप निश्चित सहि ठाउमा एउटा बिस्वस्त माध्यम बनेर सहयोग(राहत) प्रदान गर्दै समाज सेवाको बाटोमा अथक रुपमा निरन्तरता दिने बाचा गर्दछु!हामी आफु पनि केहि राम्रो काम सुरु गरौ र अरुलाई पनि प्रेरणा जगाऔ !कुरा हैन अब काम गर्ने बेला आएको छ!राष्ट्र निर्माणको आधार, देशको कर्णधार युवावर्ग अब कुनै राजनीतिक दलको ढालको रुपमा उपयोग नभई स्वतन्त्र रुपमा एउटा जिम्मेवार सचेतक नागरिकको भूमिका निर्वाह गर्नु पर्ने जरुरि छ!प्रवासी भूमिमा निश्चित अवधि बिताएर सिकेको शिप दक्षता र अनुभवलाई आफ्नै देशमा फर्केर उपयोग गर्न सक्यौ र सोहि अनुकुल को बातावरण निर्माण गरेर राष्ट्रलाइ सवल र सम्मुनत बनाउन सकिनेछ!
!जय !जय!!नेपाली..जय !जय!!नेपाल…

.jpg)






Post a CommentDefault CommentsFacebook Comments