न्यूयोर्क, दुवई र नेपालबाट चर्चित कलाकारहरु कोरिया आउदै
https://nnkorea.blogspot.com/2012/09/blog-post.html
सुरज गुरुङ
नेपाल बौद्ध परिवारले आगामी अक्टोबर १ तारिख छुसकको तेश्रो दिन आयोजना गर्न गईरहेको “बुद्ध नेपाल सांगीतिक सौगात भाग ६” का कलाकारहरु यहि सेप्टेम्बर २९ तारिख कोरिया आईपुग्ने भएको छ । तीन देशबाट आउदै गरेको कलाकारहरुको जम्काभेट उक्त दिन उपस्थित दर्शकहरु माझ दोङदेमुनको पुजा रेष्टुरेण्ट, लक्ष्मी मार्ट र हिमालयन रेष्टुरेण्ट पछाडीको जोङरो कुमिन ह्येग्वानको हलमा हुने कुरा परिवारले जानकारी गराएको छ ।
गत आईतवार बसेको नेपाल बौद्ध परिवारको बैठक पश्चात दिएको जानकारी अनुसार पप गायक राजुलामा अमेरिकाको न्यूयोर्कबाट, दुवईका एक कार्यक्रम चर्चित उदघोषिका समेत रहेकी लोक दोहोरी गायीका संगिता थापा मगर दुवईबाट र चर्चित लोक दोहोरी गायक रामजी खाँड नेपालबाट आउने भएको कुरा परिवारका अध्यक्ष ईश्वर गुरुङले बताउनु भयो । साथै उक्त बैठकले माथी उल्लेखित बुद्ध नेपाल सांगीतिक सौगात भाग ६ लाई एउटा मर्यादित तथा सु–व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि विभिन्न विभागिय व्यवस्थापन समितिहरु पनि गठन गरेको कुरा सचिव प्रितम गुरुङले जानकारी दिनु भयो ।
अन्त्यमा बुद्ध नेपाल सांगीतिक सौगात भाग ६ ले एउटा राष्ट्रिय स्तरको उद्देस्य तथा तपाई हामी सम्पूर्ण नेपालीहरुको गर्वको विषय बोकेको हुनाले उक्त दिन उपस्थित हुनु भई त्रिकोणात्मक जम्का भेटकोसंगै एउटा विशेष किसिमको मनोरञ्जन प्राप्त गर्नुको अलवा आफ्नो देशको पहिचान उचो बनाउनको लागि कार्यक्रम सफल बनाई दिनुहुन कोरियाका विभिन्न संघ–संस्था, विद्यार्र्थी, पत्रकार, व्यापारी, बुद्धिजिवी, समाजसेवी लगायत अन्य शिलशिलामा कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा परिवारले पुन विनम्रता पुर्वक अनुरोध गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments