कुर्सिको सपनामा अल्झेकाहरुले कहिलें दिन्छ होला देशलाइ .......उज्यालो ?
https://nnkorea.blogspot.com/2012/12/blog-post.html
युदिप-
कुर्सिको सपना मात्र देख्ने स्वार्थी/ लुटेरा नेताहरुले कहिलें दिन्छ होला देशलाइ .......उज्यालो ?
आफ्नो जिबनको सुखमय भविष्यको पर्वाह नगरी जेलको अँध्यारो जिबनमा हुर्किरहेका निर्दोष बालबालिकाहरुलाइ उज्यालो दिन बिगत ८ बर्ष देखि सक्रिय अनि निस्वार्थ रुपमा लागिरहेकी छिन पुष्पा बस्नेत l २१ बर्षको उमेरदेखि जेलमा रहेका बालवालिकाको स्याहारमा सक्रिय नेपालकी समाजसेवी पुष्पा वस्नेतले यस बर्ष ‘सीएनएन हिरोज अफ द इयर २०१२’को उपाधी जितेकी थिइन् lपुष्पाले बालबालिकाहरुलाई दिएको माया र ममताको योगदान कदर गर्दै सिएनएन हिरो २०१२ को उपाधि दिएको हो l हामीले पुष्पा बस्नेतले अँध्यारोको दिशा तिर धकेलिरहेका बालबालिकाहरुको लागि दिएको योगदान स्वरूप लागि दिएको हाम्रो भोटले न्याय पाएको छ l यो हामि नेपालीहरुको लागि गौरबको बिषय पनि हो l
निस्वार्थी अनुराधा कोइराला अनि पुष्पा बस्नेत जस्ता समाजसेवीहरुले देश प्रति गरेका योगदान अनि गौरबको कुरा संग-संगै हाम्रो देशलाई बिस्तारै बिस्तारै खोक्रो पार्दै गइरहेका नक्कली देशभक्तिका खोल ओढेका कुर्सिप्रेमी नेताहरुको कथा बेग्लै छ l हामीले देश बनाउँछु भनेर अनेक नाटक गरेर भोट माग्न आएका स्वार्थि ,लुटेरा नेताहरुलाइ धेरै भोट दिएका थिए l त्यसको बदलामा नेताहरुले प्राकृतिक सौन्दर्यता अनि सुन्दर ,शान्त नेपाललाइ मरभुमीमा परिणत गरि ध्वस्त बनाएको छ l नेताहरुले देशका जनताहरुको बिचारहरुलाइ पनि विभाजित बनाइ दिएका छन l इतिहासका बिरपुर्खाका अनि बिरताका कुरामा गर्ब गर्दै आइरहेका पार्टीका कार्यकर्ताहरुले पनि आफ्ना प्यारा नेताहरुका गलत कदमको बिरोध गर्न नसक्ने गरि कमजोर भएका छन् l देशको बिकास गर्छु भनि लाग्नेहरु अनि गलत कदमको बिरोध गर्नेहरु ( बुद्दिजिबी ,बिद्द्यार्थी, डाक्टर , इन्जिनियर, प्रशासनिक कर्मचारी, ब्यापारीहरु ) ले नै पार्टीका सहयोगी संगठनको निर्माण गरि नेतारुको चाकडीका लागि पार्टीका सक्रिय कार्यकर्ता भएका छन् l देशका जिम्मेवार पदमा बसेकाहरुले भ्रस्टाचार गरि देशको अर्थतन्त्र ध्वस्त बनाउंदै आइरहेका छन् l हामीले देश विकासका लागि भोट दिएका देशका जिम्मेवार नेताहरुले बालुवाटारको कुर्सिको लागि ४ बर्षे असफल सविंधानसभा उपहार दिए l हाल पनि नेताहरुले कुर्सिको लागि राष्ट्रिय सहमति गर्ने नाममा देश बिकाशका कार्य ठप्प पारेका छन् l राष्ट्र निर्माणका सुन्दर नाटकीय नाराका प्रबर्दक अनि ब्यबसायिक नेताहरुलाइ हामिले दिएको भोट आज खेर गएको छ l

Post a CommentDefault CommentsFacebook Comments