पुष्पा बस्नेतको सफलतामा चियापान कार्यक्रम गर्ने l

पुष्पा बस्नेतलाई सहयोग गर्ने सम्पूर्ण संघसंस्थाका पदाधिकारीहरुलाई उपस्थित हुन आव्हान
नेपाल कोरिया न्युज डट कमले आउंदो डिसेम्बर  ८ शनिबारका दिन एक चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि डिसेम्बर ३ का दिन नेपाली समाजसेवी पुष्पा बस्नेतले सीएनएन सर्वोकृष्ट हिरोको उपाधि बिजय गरेको उपलक्ष्यमा सो चियापान कार्यक्रम गर्न लागिएको हो । नेपाली समाजसेवी पुष्पा बस्नेतको उक्त उपाधिका लागि नेपाल कोरिया न्युज डट कमले ३ महिना अगाडीदेखि भोटिङ अभियान शुरु गरेको थियो भने गत छुसकमा नेपाली संघसंस्थाहरुले आयोजना गरेको ३ दिने साँस्कृतिक कार्यक्रमहरुमा हल अगाडी पुष्पा बस्नेतलाई भोटिङ गर्ने अभियान संचालन गरेको थियो । नेपाल कोरिया न्युजले नेपाल स्थित नेपाल कमर्स क्याम्पस बीबीएस् दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुको सहयोगमा नयाँ बानेश्वर चोकमा स्टल राखी भोटिङ गर्ने अभियान समेत सञ्चालन गरेको थियो ।
यसैगरि नेपाल कोरिया न्युज डट कम कै पहलमा दक्षिण कोरियाको एक प्रतिष्ठित ईल्गा फाउन्डेशनले प्रत्येक बर्ष दिंदै आएको १ करोड वन् धनराशी भएको ईल्गा यङ अवार्ड सेप्टेम्बर १ का दिन नेपाली पुष्पा बस्नेतलाई प्रदान गर्न उल्लेखनीय भूमिका निभाएको थियो भने त्यसको लगत्तै सेप्टेम्बर २ का दिन नेपाल कोरिया न्युज डट कमको आयोजनामा दक्षिण कोरियाका सम्पूर्ण संघसंस्थाका पदाधिकारीहरुको उपस्थिती र सहयोगमा पुष्पा बस्नेत सम्मान समारोहको आयोजना गरिएको थियो ।
“यस कार्यसंगै दक्षिण कोरिया स्थित सम्पूर्ण नेपाली संघसंस्थाहरु र पुष्पा बस्नेत बीच आपसी सम्बन्ध रहेको हुंदा उनले पाएको यस किसिमको सफलतामा हामी कोरियामा बस्ने पुष्पा बस्नेतका शुभचिन्तकहरु पनि एक आपसमा बसी खुशी साटासाट गरौं भन्ने हेतुले आउंदो शनिबार चियापान कार्यक्रम गर्न लागेको हो” भनी नेपाल कोरिया न्युजका सम्पादक गिरीराज कुँवरले बताए । उनले भने “सो दिन पुष्पा बस्नेतको सफलतासंगै नेपाल कोरिया न्युज डटकमले सामाजिक क्षेत्रमा निभाउन सक्ने भूमिका र यसले आउंदो भविष्यमा गर्न लागेका केही योजनाहरुका बारेमा छलफल गरिनेछ ।” उनले सो दिन उपस्थित हुन दक्षिण कोरियाका सम्पूर्ण संघसंस्थाका पदाधिकारीहरुलाई यहि सूचनाबट सूचित गराइएको जानकारी दिए ।
मितिः डिसेम्बर ८ शनिबार समयः बेलुकी ६ बजे ।
स्थानः लुम्बिनी रेष्टुरेन्ट दोङ्देमुन

सम्पर्क फोनः ०१० ४४४३ ८८४८। ०१० ८५४४ ४३०२
साभार : नेपाल कोरिया न्युज

Related

korea 4019318068442829385

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item