किम्हेमा भव्यरुपमा सलनाल बिशेष कार्यक्रम “यो मन त मेरो नेपाली हो ” हुने l
https://nnkorea.blogspot.com/2012/12/l.html
भुवन बस्नेत ,
दक्षिण कोरिया ,
दक्षिण कोरियाको नया वर्ष “सलनाल” को अवसर पारेर फ्रेबुअरी १० तारिख आइतबार किम्हेमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । सो कार्यक्रमा नेपालीका ख्यातीप्राप्त गायक १९७४ एडिका एड्रिन प्रधान र हर्के हल्दार(विष्णु सापकोटा) आउने भएका छन ।
किम्हे माईग्रेन्ट हाउसको संयोजनमा किम्हे सांस्कृतिक समुहले पहिलो पटक फ्रेबुअरी १० तारिखका दिन सांस्कृतिक कार्यक्रम गर्ने भएकोहो ।पाश्चर यज्ञराज सुबेदी कार्यक्रम संरक्षर रहेको सो कार्यक्रम प्रशान्त राज बानियाको संयोजकत्वमा हुने भएको छ ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन कोरियाका स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । जसमा कोरियामा नेपाली माझ चर्चित स्थानीय कलाकार स्वीटी तामाङ, यसैगरी मदन गीरि , रुबेन खडका, जीवन थापामगर , विरेन्द्र न्यौपाने, राजेश डिसी , दिपक राज रेग्मी , नवीन श्रेष्ठ, अशोक तामाङ, केदार तिमल्सिकना , प्रशान्त लोहनी, सुरेन्द्र नगरकोटी आदिको प्रस्तुती रहनेछ ।
कोरियाको दक्षिणी क्षेत्र किम्हेमा पहिलोपटक नेपालबाट ख्यातीप्राप्त कलाकारहरु ल्याएर सलनालमा गर्न लागेको यस सांस्कृतिक कार्यक्रममा कोरियाका नेपालीहरुको सहयोग हुने आयोजकले आशा गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments