कोरियामा पहिलो पटक लोक दोहोरी कार्यक्रम सम्पन्न l

     रमेश खावाजु-
दक्षिण कोरियामा रहेका महिलाहरुको साझा संस्था वोमेन फर वोमेनले ९ तारिक आइतबारका दिन कोरियामा पहिलो पटक दोहारी कार्यक्रमको आयोजना गरेको छ l  नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सउलको दोङ्देमुन स्थित फस्ट नेपाल रेष्टुरेण्टमा गरिएको सो कार्यक्रममा स्थानिय गायक तथा गीतकार सिपी थापा मगर  र गायिका सरु पौडेलले नेपाली दोहोरी गीतहरु गाएका थिए।  गायक र गायिकालाइ कोरियाका चर्चित बिसौनी समुहका बादबादकहरु मुनाराज  सुनुवार र टिका नेपालीले  साथ दिएका थिए l बिभिन्न वाध्यता र बिबशताका कारण आफ्नो घर परिवारबाट टाढाको बसाइ अनि कोरियाको कडा परिश्रम रुपी कामलाइ एकैछिन बिर्सेर  कोरियाका स्थानिय गाएक र गायिकाका मिठो दोहारी गीत संगै उपस्थित नेपालीहरू मज्जाले नाचेका थिए l प्रवासमा आएर पनि  नेपाली गाउँघरमा गुन्जिने दोहारी गितका साथमा यसरि नाचगान गर्न पाउँदा नेपाल सम्झेको कुरा एक सहभागीले बताए l   वोमेन फर वोमेनको अध्यक्ष जुनु गुरुङको संयोजकत्वमा भएको उक्त दोहारी कार्यक्रममा कोरियाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको पनि  उपस्थिती रहेको थियो। सो कार्यक्रम साँझ ४ बजे देखि बेलुकी ८ बजे सम्म चलेको थियो l

दक्षिण कोरियामा रहेका अन्य नेपाली संस्थाहरु भन्दा फरक र नौलो कार्यक्रम गर्दै आएको वोमेन फर वोमेनले नेपाली कला र संस्कृति संरक्षण उदेश्यले यो  दुइ महिनाको अवधिमा तिज , देउसी भैलो ,भाइटिका जस्ता कार्यक्रमहरुको  आयोजना गरी सक्रिय रुपमा अगाडि बढिरहेको छ l  आगामी दिनहरुमा पनि नेपालको संस्कृतिको पहिचानका लागि र नेपाली महिलाहरुको हितमा धेरै  कार्यक्रमहरु गर्दै जाने संस्थाकी अध्यक्ष जुनु गुरुङले बताइन । 

Related

korea 7934574877494971544

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item