२१ डिसेम्बर अनि कोरियामा नेपालीहरु l
https://nnkorea.blogspot.com/2012/12/l_20.html
संसारभर फेसबुक र अरु सामाजिक सञ्जालमा कसैले हाँसीमजाक त कसैले साँच्चै डर नै मान्ने गरी २१ डिसेम्बर बारेमा आ-आफ्नै कुराहरु प्रस्तुत गरेका छन् । नेपालमा कतिले शुक्रबार घरबाट बाहिर नगएर दिनभरि रक्सि खाएर बस्ने ,कतिले परिवारको साथमा बस्ने बताएका छन् त कतिले जाँच भएपनि नपढी बस्ने भनेका छन् । यो इन्टरनेटको फेसबुक मा झुण्डिनेहरुलाई मात्र होइन, नेपालका गाउँठाउँसम्म पनि डिसेम्बर २१ को चर्चा र हल्ला पुगेको छ ।
कोरियामा डिसेम्बर २१ अनि नेपालीहरु
कोरियामा पनि केहि नेपालीहरुले आफ्नो फेसबुक स्ट्याटसहरुमा भोलि २१ डिसेम्बरमा पृथ्बी ध्वस्त हुँदै छ है साथी म त अहिले बेलुका देखि नै सोजु खान थाले है, गुडनाइट भनेर लेख्न थालेका छन् l
केहि ब्यक्तिले "लाङ्गटाङ्ग हिमालमा ज्वालामुखी बिस्फोटका कारण आज धुवा निष्किएको आशंका गरिएको छ " स्ट्याटसमा लेख्दै यो २१ डिसेम्बरको पहिलो सुरुवात भनेर लेखेका छन् l तर यो लाङ्गटाङ्ग हिमालमा ज्वालामुखीको हल्लाः आगलागी मात्रै भएको हो भनेर सेनाले पुस्टि गरेका छन् l अझै पनि कोरियामा केहि ब्यक्तिहरुले हासि मजाकले भनौ या डरले आफ्नो फेसबुक स्ट्याटसमा २१ डिसेम्बरको बारेमा आफ्नो फेसबुक स्ट्याटसमा केहि टिप्पणीहरु लेख्दै छन् l
नासा र खगोलविदहरुको धारणा
सौर्यमण्डल र खगोलीय पिण्डको बारेमा अध्ययन गर्दै आएको अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले यो हल्ला निराधार भएको ठहर गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टका प्राज्ञ तथा खगोलविद ऋषि शाहले पनि यो ‘निराधार हल्ला मात्र हो, केही हुँदैन l ढुक्क हुनुहोस्, शुक्रबार केही हुँदैन, पृथ्वी ध्वस्त हुन्छ भन्ने कुनै आधार छैन भनेर आफ्नो धारणा स्पष्ट राखेका छन् l

Post a CommentDefault CommentsFacebook Comments