कोरियामा चासोक तङ्गनाम भव्यताका साथ सम्पन्न l
https://nnkorea.blogspot.com/2012/12/l_8391.html
दावासिं तामाङ -
कोरियाको राजधानी सिओलको हुआम दाङ्गमा रहेको योङ्गसान लाईब्रेअरी हलमा आज लिम्बु जातीहरुको महान पर्व चासोक तङ्गनाम २०१२ भव्यताका साथ सम्पन्न भएको छ । किरात याक्थुङ्ग चुम्लुङ्ग दक्षिण कोरिया द्धारा आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रबाट बृहत नेपालीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमकोप्रमुख अतिथी कोरियाका लागी नेपाली राजदूत कमानसिंह लामाले पानसमा बत्तीबाली शुरुवात गरिए सो कार्यक्रममा किरात याक्थुङ्ग चुम्लुङ्गका सदस्य तथा पुजारी नरेन्द्र वनेमले चासोक पुजा गरेका थिए ।
लिम्बुजातीहरुको महानपर्वको उपलक्ष्यमा आयोजित सो कार्यक्रममा कोरियाका लागी नेपाली राजदूत कमानसिंह लामा,आदीवासी जनजाती महासंघ कोरिया शाखाका अध्यक्ष भक्त शेरचन,एनआरएन कोरियाका पूर्व उपाध्यक्ष लोचन राई,आदीवासी जनजाती महासंघ कोरिया शाखाका उपाध्यक्ष मुकुन्द राई आदीले शुभकामना मन्तव्य दिएका थिए ।कार्यक्रममा टाढा टाढाबाट सहभागीहरुको लागी स्वादिष्ट नेपाली चिउरा,मासुका साथै चियाको व्यवस्था गरेको थियो। कार्यक्रममा लिम्बु जातीहरुको सुप्रसिद्ध च्याबरुङ्ग नाच,हाकपारे,धान नाच नाचेर कोरियन तथा अन्य गैरलिम्बुहरुलाई लिम्बुहरुको लोकसंस्कृतीको परिचय दिन सफल भएका थिए ।उक्त कार्यक्रममा किरात राई यायोक्खा द्धारा किरात राईहरुको लोक सांस्कृतीक नृत्य चण्डी नाच पनि प्रर्दशन गरैका थिए ।
त्यस्तै सोही कार्यक्रममा स्थानिय कलाकार अशोक थुलुड,भरत गुरुड,चौबन्दी सुब्बा,स्वाटी तामाड,प्रमिला भण्डारी,नरेन्द्र वनेम,रविन जवेगु,नेपाल मगर संघका जोडीले नृत्य,गीत तथा संगीतका प्रतिभा पस्केर माईनस डिग्रीको जाडोले लकलक कामी रहेका दर्शकहरुलाई तताउनका साथै भरपूर मनोरन्जन दिएका थिए ।किरात याक्थुङ्ग चुम्लुङ्ग दक्षिण कोरियाका अध्यक्ष नन्द काम्बाङ्गको सभापतित्वमा भएको सो कार्यक्रमको स्वागत मन्तव्य किरात याक्थुङ्ग चुम्लुङ्ग दक्षिण कोरियाका उपाध्यक्ष बच्चन फियाकले गर्नु भएको थियो। पहिलो चरणको कार्यक्रम आयोजक कमिटिका सचिव गंगा लिम्बुले गर्नु भएको थियो भने दोस्रो चरणकोसंचालन नेरन्द्र वनेमले गर्नु भएको थियो।

Post a CommentDefault CommentsFacebook Comments