नेपालमा संघियता बिषयक अन्तरकृया कार्यक्रमको तयारी पुरा l
https://nnkorea.blogspot.com/2012/12/l_4258.html
देवेन्द्र सम्बाहाम्फे -
मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषद कोरियाले आयोजना गर्न लागेको ' नेपालमा संघियता' बिषयक अन्तरकृया र पहिलो अधिबेशन कार्यक्रम तयारी पुरा भएको समितिका महासचीब नरेन्द्र वनेमले जनाएका छन् | उक्त कार्यक्रमहरुमा परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' का साथै राजनीतिक विश्लेषक एवंम पत्रकार भवानी बरालका साथै संघिय लिम्बुवान राज्य परिषद हङकङका सचिब जहारमान लिङ्देनको सहभागिता रहने छ । आउँदो आइतबार सोल छोङ्गाकस्थित छोगेसा गुम्बा हलमा हुन लागेको सो कार्यक्रममा एक बर्षअघि तदर्थ समितिको रुपमा गठन गरिएको परिषदले नया कार्य समिति पनि चयन गर्ने छ | यहाको परिषदमा हाल १ सय २० भन्दा बढी सदस्यहरु रहेका छन् । महासचिब नरेन्द्र वनेमले कार्यक्रममा आमन्त्रण गरिएका सबै महानुभावहरुलाई समयमै उपस्थीत भइदिन पनि अनुरोध गरेका छन् |
Post a CommentDefault CommentsFacebook Comments