आज फस्र्ट नेपाल रेष्टुरेन्टले "नयाँ वर्ष शुभकामना साँझ" कार्यक्रमको आयोजना गर्ने
https://nnkorea.blogspot.com/2013/01/blog-post_4.html
आज दोङदेमुनमा मनोरन्जनात्मक नयाँ वर्ष शुभकामना साँझ कार्यक्रमको आयोजना हुने भएको छ । दोङदेमुनमा रहेको फस्र्ट नेपाल रेष्टुरेन्टले आयोजना गर्न लागेको सो कार्यक्रम बेलुकी ८ बजेदेखि शुरु हुने रेष्टुरेन्टका प्रवन्ध निर्देशक टिका गौतमले जानकारी दिएका छन् । भर्खरै शुरु भएको नयाँ वर्ष २०१३ को शुभकामना आदानप्रदान तथा आपसी सद्भाव बढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
सो कार्यक्रममा स्थानीय कलाकारहरुको उपस्थितिमा लोक दोहोरी गीतहरुको प्रस्तुति रहने छ । जुन कार्यक्रमको मुख्य आकर्षण रहने बुझिएको छ । कार्यक्रममा खाना, ड्रिङ्कस्, स्न्याक्स सहितको शुल्क १० हजार वन तोकिएको छ । सो मनोरन्जनात्मक शुभकामना साँझ कार्यक्रममा उपस्थित हुनको लागि कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजकले हार्दिक आमन्त्रण गर्दै कार्यक्रमलाई सफल बनाइदिनको लागि अनुरोध समेत गरेको छ ।
स्थानः फस्र्ट नेपाल रेष्टुरेन्ट, दोङदेमुन
मितिः २०१३, जनवरी ५, शनिबार
समयः बेलुका ८ बजेदेखि
सम्पर्कः
010-8694-3848
010-3977-4848
पुग्ने तरिकाः लाईन नं.१ र ४ दोङदेमुन स्टेशन गेट नं. ३ बाट सीधा २० मिटर अगाडि रहेको मिनिस्टप गल्ली भित्रको दोस्रो तला
Post a CommentDefault CommentsFacebook Comments