सलनालमा नेपाली प्रवासी खेलकुद समिति किम्हेले चिठ्ठा खोल्ने l
https://nnkorea.blogspot.com/2013/01/l_4.html
बीरेन्द्र सुनार,
दक्षिण कोरिया l
प्रवासी खेलकुद समिति किम्हे दक्षिण कोरियाले सलनालमा चिठ्ठा खोल्ने भएको छ । सलनालको अवसरमा किम्हेमा हुन लागेको एड्रि प्रधान र हर्के हल्दार सहितको स्थानीय कलाकारहरुको सहभागिता हुने सांस्कृतिक कार्यक्रम विच फ्रेबुअरी १० तारिख आईतबार सो चिठ्ठा खोलिने भएको हो ।
नेपाली समाज किम्हे अन्तर्गत प्रवासी खेलकुदसमिति द्धारा पहिलो पटक संचालन हुन लागेको किम्हे क्षेत्रमा भाग्यशाली चिट्ठा मा सहभागिता जनाई पहिलो पुरस्कार ल्यापटप, दोस्रोमा स्मार्ट फोन, तेस्रोमा डिजिटल क्यामरा, ५ जनालाई मिक्सर तथा अन्य आकर्षक पुरस्कार १० जनालाई दिइने कमिटिका अध्यक्ष सुशिल गौचनले जनाएका छन । चिट्ठा कार्यक्रम किम्हे फाडमुलग्वान मा फेब्रवरी १० मा हुने जानकारी गराउदै उक्त दिनमा किम्हे प्रवासी गुह द्धारा हुन लागेको सांस्कुतिक कार्यक्रम यो मन त मेरो नेपाली हो बहु चर्चित गायक १९७४ ए.डि एड्र्नि प्रधान र हास्य कलाकार हर्के हवल्दार को जोडदार प्रस्तुती को साथै चिठ्ठामा पनि सहयोग को अपेक्षा गरिएको छ ।
मिति २०१३ फेब्रवरी १०
किम्हे फाडमुलग्वान हल
Post a CommentDefault CommentsFacebook Comments