परदेशी लाईफको दोश्रो बार्षिक उत्सवको अवसरमा कोरियामा अन्तरक्रिया सम्पन्न
https://nnkorea.blogspot.com/2013/01/blog-post_7.html
कोरियामा “नेपालीको समस्या र मिडियोको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यहाँबाट संचालित अनलाइन खबर परदेशी लाइफ डटकमले आफ्नो दोश्रो बार्षिक उत्सवको उपलक्षमा आयोजना गरेको सो कार्यक्रममा नेपाली मजदूरहरुको समस्या र यसका समाधानका लागि मिडियाले खेल्नु पर्ने भूमिकाबारे बिस्तृत छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले श्रम गरेर बचेको समयमा पत्रकारिता गर्नु नै चुनौती हो भन्दै समाजलाई सू (सुचित गराउन पत्रकारको भूमिका महत्व पूर्ण हुने बताए । राजदूत लामाले देशमा राम्रो वातावारण भए धेरै कोरियन लगानीकर्ताहरु नेपाल जान इच्छुक रहेको बताउदै पर्यटन प्रवद्र्धनमा सरकारले जोड दिनुपर्ने बताए ्र सगरमाथाको बेस क्याम्पसम्म बुलेट ट्रेन र हिमाल आरोहणका लागि केबलकार निर्माण गर्नसके बार्षिक १ अरब पर्यटक नेपाल आउने ठोकुवा समेत राजदूत लामाले गरे ।
कार्यक्रमका बिशेष अतिथि पत्रकार भवानी बरालले राजनीतिक परिवर्तनका लागि जनमत बनाउने काम मिडियाले गर्नुपर्ने धारणा राख्दै संविधान सभा विघटन हुनु ठीक वा बेठीक भनेर मिडियाले जनमत लिन नसकेको बताए ” हाम्रो पत्रकारीता व्यवसायिक रुपमा सुरु भइ नसकेको बताउदै बरालले नेपालमा पत्रकारीताको युग शूरु भइ नसकेको जिकिर पनि गरे ” हामी लक्ष्यमुखी पत्रकारीतामा छौं , जव हामी लक्ष्यमा पुग्छौं तब व्यवसायीक पत्रकारीता शूरु हुन्छ ।” उनले भने
सो अवसरमा उक्त अनलाइनले स्थापना गरेको “परदेशी पत्रकारिता पुरस्कार २०१२” कान्तिपुर दैनिकका कोरिया संवाददाता देवेन्द्र सम्बाहाम्फेलाई आउदो कोरियन नयाँ बर्षको अवसरमा प्रदान गर्ने निर्णय भएको घोषणा गरिएको थियो । एनआरएन कोरियाद्वारा संचालित नेपाल हाउसमा भएको सो कर्यक्रममा पत्रकारहरु डम्बर सुब्बा,पुरु जोशी, मीनप्रकाश उप्रेती, अशोक मैनाली ,निर्मल थपलिया र सरोज खड्कालाई सम्मान पत्र पनि प्रदान गरिएको थियो भने नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौला ,एनआरएन कोरियाका अध्यक्ष केपी सिटौला, एनआरएन आइसीसीका देवी बस्नेत ,व्यापार संघका अध्यक्ष मदन केसी,बिनोद कुवर आदि वक्ताहरुले कोरियामा पत्रकारहरुको भूमिकाबारे अ(आफ्नो धारणा राखेका थिए । कार्यक्रम अनलाइनका प्रधान सम्पादक खेमराज कार्कीको अध्यक्षतामा र पत्रकार बीरेन्द्र सुनारको संचालनमा भएको थियो ।
पत्रकार बराल सम्मानित
कोरियामा रहेका धरानवासीहरुले बरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक भवानी बराललाई सम्मान गरेका छन् । शनिबार साँझ सोल तुङदेमुनस्थित एभरेष्ट रेष्टुरेन्टमा एक कार्यक्रम आयोजना गरि पत्रकार बराललाई सम्मान गरिएको हो । पत्रकारिताको मध्यमबाट धरान नगरको बिकासमा योग्दाग गरेको भन्दै धरान कोरिया सहयोग समितिका पूर्व अध्यक्ष तथा नेपाली कोरिया डटकमका प्रधान सम्पादक डम्बर सुब्बा र सुनसरी हेल्पीङ हेन्डस कोरियाका अध्यक्ष रबी श्रेष्ठले संयुक्त रुपमा सम्मान गरेका थिए । परदेशी लाईफ



Post a CommentDefault CommentsFacebook Comments