एमटियुको मुल्यांकन तथा परियोजना सम्बन्धमा छलफल l
https://nnkorea.blogspot.com/2013/01/l_7.html
डम्बर सुब्बा
प्रवासी मजदुरहरुको हक हित र अधिकारको लागी संघर्षरत प्रवासी मजदुर युनिय (एमटियु)द्धारा आज सिओलको बुलग्वाङ्ग दोङ्ग स्थित एमटियुको कार्यलयमा २०१२ सालमा एमटियुको कार्य मुल्यांकन तथा आगामी दिनहरुमा परियोजना तयार पारी कसरी अगाडी बढने भन्ने विषयमा बृहत छलफल भएको थियो ।
आजको मौसम माईनस ९ डिग्री को जाडो भएता पनि कार्यक्रममा नेपाल लगायत विभिन्न राष्टबाट आएका विदेशी संस्थाका प्रतिनिधीहरु अन्दाजी १ सय जान भन्दा बढी उपस्थित रहेको थियो ।
सहभागीहरुले २०१२ मा एमटियुको संघर्ष सफलतामय रहेता पनि कष्टकर रहेको मुल्यांक गरेका थिए । कोरिया सरकाले विदेशी मजदुरहरु कंम्पनी सर्ने विषयमा नयां नियम लागु गरि विदेशी मजदुरहरुको स्वतन्त्रता साथ काम गर्नु पाउन पर्ने अधिकार खोसिनुको साथै उक्त नियमलेविदशी मजदुरहरु माथी अझ अन्याय,अत्याचार,हिंसा,भेदवभाव मावनअधिकारको हनन बढी रहेको विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीहरुलेविभिन्न संघ संस्थासंगको हातेमालो, विदेशी मजदुर कार्यकर्ताको विस्तार,विदशी मजदुरहरुको एकता,विदशी मजदुर कार्यकर्ताहरुलाई शिक्षा ,कोरियालीसंग संस्थाहरुसंग सहकार्य आदी विषयहरुमा व्यापकता विस्तार र प्रभावकारी बनाउन पर्नेमा जोड दिएका थिए ।

.jpg)
Post a CommentDefault CommentsFacebook Comments