दक्षिण कोरियाका राजदुत लामा अस्वस्थ l



अशोक मैनाली ,
सउल,कोरिया।


दक्षिण कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा अस्वस्थ भएका छन । कोरियाका लागि नेपाली राजदूत कमानसिङ्ं लामाको सघन उपचार कक्षमा उपचार भैरहेको छ।राजदूत लामाको बांया मिर्गौलामा समस्या देखीए पछि राजधानी सौल नजिकै सिन्छोन स्थित सेभरेन्स अस्पतालको ८५६ न को विशिष्ठ सघन उपचार कक्षमा उपचार भैरहेको छ। आइतबार अपरान्ह ४ बजे अस्पातल भर्ना गरिएको उनको सोमबार बांया मिर्गौलाको सल्यक्रिया गरिने अस्पाताल स्रोतले बतायो। केही दिन अघि देखि बांया मिर्गौला भएको भागमा दुखेको बताएपछी चिकित्सकले बांया मिर्गौलामा खरावी आएको पत्ता लगाएका थिए। राजदूत लामाका धर्मपत्नी ईन्द्रमाया तामाङ्ले बताए अनुसार लामालाई मधुमेहको पनी समस्या रहेको छ। उनले अस्पताल स्रोतलाई उध्रित गर्दै बताए अनुसार उनलाई अब करिव एक हप्ता जति अस्पातलमा नै राखीने छ।
कोरियाका विभिन्न संघ संस्थाहरुले विज्ञप्ती जारी गरी राजदुतको सिघ्र लाभको कामना गरेका छन ।

Related

korea 3210362883796817399

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item