फ्रेबुअरी १० मा किम्हेमा हुने सांस्कृतिक कार्यक्रम र चिठ्ठा को औपचारिक घोषणा
https://nnkorea.blogspot.com/2013/01/blog-post_948.html
मधु पाण्डे/बीरेन्द्र सुनार
दक्षिण कोरिया l
दक्षिण कोरियाको दक्षिणी क्षेत्र किम्हेमा पहिलोपटक कोरियन पर्व सलनालमा हुने कार्यक्रमको औपचारिक घोषणा गरिएको छ ।
आइतबार सउलमा भएको मिडिया सम्बन्धी अन्तरक्रिया कार्यक्रममा एक समारोह विच उपनियोग प्रमुख राजाराम बर्तौलाले सांस्कृतिक कार्यक्रमको पोष्टर र चिठ्ठा प्रति सार्वजनिक गर्नुभयो । किम्हे माईग्रेन्ट स्पोर्टस क्लब को चिठ्ठा पनि सार्वजनिक गरिएको हो ।
सो समारोहमा उपनियोग प्रमुख बर्तौलाले किम्हेक्षेत्रकोनेपालीले सक्रिय भएर काम गर्न लागेकोखुसी व्यक्त गर्दै नेपाली समुदायको हित हुने काममा आफूले सहयोग गर्ने बताए ।यसैगरी कार्यक्रम हुने दक्षिण कोरियको किम्हेमा पनि एक कार्यक्रम विच सांस्कृतिक कार्यक्रम गर्नुबारे औपचारिक जानकारी गराइएको थियो ।
दक्षिण कोरियाको दक्षिण भेगमा रहेका नेपाली युवाहरुले कोरियन नया बर्ष “सलनाल” को अवसर पारेर आउदो फ्रेबुअरी १० तारिख आइतबार किम्हेमा “यो मन त मेरो नेपाली हो” किम्हे सलनाल बिशेष सांस्कृतिक कार्यक्रम गर्ने भएका हुन । उक्त क्षेत्रमा रहेका नेपाली कलाकारहरुलाई समेट्ने उदेश्यले गठन हुन लागेको प्रस्तावित “किम्हे संस्कृतिक समूह” गठन गर्न को लागि संयोजकको भूमिका निभाईरहेका स्थानीय कलाकार प्रशान्त राज बानियाको संयोजकत्वमा २५ सदस्सिय आयोजक कमिटि बनाई उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रमलाई भब्य रुपमा गर्न
नेपालको ख्यातीप्राप्त ब्याण्ड 1974 A. D का चर्चित गायक एडूीन प्रधान र हर्के हल्दार (विष्णु सापकोटा) आउने पक्का भएको जानकारी उक्त कार्यक्रमका संयोजक प्रशान्त राज बानियाले दिएका छन् । कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन कोरियाका स्थानीय कलाकारहरु स्वीटी तामाङ,मदन गीरि , रुबेन खडका, जीवन थापामगर , विरेन्द्र न्यौपाने, राजेश डि.सी , दिपक राज रेग्मी , नवीन श्रेष्ठ, अशोक तामाङ, केदार तिमल्सिकना , प्रशान्त लोहनी र सुरेन्द्र नगरकोटीको प्रस्तुती समेत रहने बानियाले बताएका छन् ।
कार्यक्रम संयोजन “किम्हे माईग्रेन्ट हाउस” ले गरिरहेको छ भने प्रस्तावित “किम्हे संस्कृतिक समुह” को संरक्षकमा यज्ञ राज सुबेदी रहेको जानकारी कार्यक्रम संयोजक प्रशान्त राज बानियाले दिएका छन् ।
यसैगरी स्पोर्टस क्लबका अध्यक्ष शुसील गौचनले स्पोर्टस क्लबले गरेको यो चिठ्ठा कार्यक्रम सहयोग गर्न अनुरोध गरेका छन ।



Post a CommentDefault CommentsFacebook Comments