२८४९ डुल ल्हो, सोनाम ल्होछार भव्यताका साथ सम्पन्न
https://nnkorea.blogspot.com/2013/02/blog-post_12.html
विकास मोक्तान, सउल कोरिया l
तामाङ जातिको महाँन चाड सोनाम ल्होछारको पावन अवसरमा “ह्ङला कार्इरण ह्याङला ग्योर्इ, ल्होछार दाङ्सी छार्नलार्इ” भन्ने मुख्य लक्ष्य र उदेश्यका साथ २०१३ फेव्रअरी ९ तारीखका दिन सउल छुंगु, छंग्सोन्यन् सुर्यनग्वान हलमा नेपाल तामाङ संघ दक्षिण कोरियाले आयोजना गरेको २८४९ औं (डुल ल्हो) सर्प वर्ष सोनाम ल्होछार सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
हिमालयन लामा बुदिष्ट ग्रुपका लामा गुरूहरूवाट ल्होछार विशेष पुजापाठ गरी सुरू गरीएको उक्त कार्यक्रम नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष बिर्ख बहादुर तामाङको सभापतित्व, कोरियाका लागि नेपाली राजदुतावास महामहिम राजदुत कमान सिंह लामाको प्रमुख आतिथ्थ, जनजाती आदीवासी महासघ दक्षिण कोरियाका अध्यक्ष भक्त शेरचन,छाविए छिपका नेपाली बुवा, नेपाल तामाङ कलाकार संघका अध्यक्ष चन्द्र कुमार दोङ, नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष ईन्दिरा गोलेगुरूङको विशेष आतिथ्थ तथा बौद परिवारका अध्यक्ष र्इश्वर गुरूङ, नागार्जुन गुम्बाका प्रमुख लामा उर्गेन तामाङ नेको परिवारका अध्यक्ष बेल गुरूङ लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। हिमालयन लामा बुदिष्ट ग्रुपका लामा कुन्साङ दोर्जेवाट ल्होछारको वारेमा स्पष्ट पारेपछी, नेपाल तामाङ संघ दक्षिण कोरियालार्इ विशेष योगदान पुर्याउने व्यक्तिहरू , नेपाल तामाङ कलाकार संघका अध्यक्ष चन्द्र कुमार दोङ, नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष ईन्दिरा गोले गुरूङ छाविए छिपका नेपाली बुवा, , नागार्जुन गुम्बाका प्रमुख लामा उर्गेन तामाङ र लामा ट्रेडसका प्रबन्धक राजेश लामा लार्इ दोसल्ला ओडार्इ र सम्मान प्रत्र हस्तानतरण गरी सम्मान गरीएको थियो। बौद परिवारका अध्यक्ष र्इश्वर गुरूङ, जनजाती आदीवासी महासघ दक्षिण कोरियाका अध्यक्ष भक्त शेरचन, नेपाली राजदुतावास महामहिम राजदुत कमान सिंह लामाले शुभ-कामना मन्तव्य राखेपछी संघका अध्यक्ष बिर्ख बहादुर तामाङले पहिलो चरणको कार्यक्रम विसर्जन गर्नुभएको थियो। संघका उपाध्यक्ष सागर तामाङले स्वगत मन्तव्य र संघका सचिब विकास मोक्तानले कार्यक्रम संचालन गरेका थिए ।
गला र कलाका धनी अतिथि कलाकारहरू चन्द्र कुमार दोङ र ईन्दिरा गोले गुरूङको प्रस्तुतिहरू आपात ग्यङतान मावली स्याङतान, आमैले है आमैले, लेकाली गाउकी सार्इलिले, वालावाला ग्राम्बा जस्ता गितमा दर्शकले खुब मज्जा लिएका थिए। साथै स्थानिय कलाकारहरू सर्मिला दोङ (स्वीटी), बिनोद तामाङ, अन्जु गुरूङ, रन्जित लामाको नृत्य पेमा लामा, शशी लामा, दावा तामाङ र दिपेन तामाङले जोडदार प्रतिभा प्रस्तुत गरेका थिए। सास्कृतिक कार्यक्रम देव सिंह तामाङ, मिङमार तामाङ नवराज तामाङ र आङ दावा तामाङले संचालन गरेका थिए ।
नेपाल तामाङ संघ दक्षिण कोरियाले बनाएको ल्होछार परिकार पनि दर्शकहरूले मिठो मानेर खाएका थिए भने तामाङ पोशाकमा सजिएका च्याङवा र मैच्याङहरूले हलनै झलमल्ल बनाएका थिए। स्टेज अगाडी नाच्ने ठाउ नभएको कारण दर्शकलार्इ कलाकार सगै स्टेजमा नाच्न दिइएको थियो । नेपाल तामाङ संघ दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्यताको साथ सफल पारिदिनु हुने सम्मपुर्ण कोरियाबासी नेपालीहरूलार्इ हार्दिक धन्यवाद पनि व्यक्त गरेको थियो ।

Post a CommentDefault CommentsFacebook Comments