कोरीयामा संकलित रक़म शेरचनको परीवारलाई हस्तान्तरण l

रंजन कुवंर - सउल , कोरीया।
कास्की जिल्ला ढिकुरपोखरी -६ काडे घर भै बिगत ३ महिना अगाडी कोरियामा कार्यरत रहदा आन्सान स्थित आफ्नै कम्पनीको रुममा सुतिरहेको अवस्थामा अचानक हृदयघात हुन गई असामहिक,दुखद निधन हुन् पुगेका स्वर्गीय इन्द्र सेरचनको नेपालमा रहेका दुइ छोराहरुको पढाइ-लेखाइलाइ मद्धत पुगोस भन्ने पबित्र उद्धेस्य अनुरुप सोहि गाबिस निबासी हाल कोरिया खिमपोमा कार्यरत रहेका चुडामणि अधिकारीबाट एकलाख कोरियन वोन र बिभिन्न सहयोगी साथीहरु एबम ब्यबसाहिबाट उठेको रकम पाँच लाख गरि जम्मा ६ लाख कोरियान वोन निजका कोरियामा रहेका नजिकका हकदार साली नमिता सेरचनलाइ सहयोगी संकलनकर्ता चुडामणि अधिकारी बाट रकम हस्तान्तरण गरियको छ l सो अवसरमा सामाजिक अभियानमा लागेका चुडामणि अधिकारीले उक्त अक्षयकोषलाइ बृदि गर्न आगामी दिनमा बिभिन्न संघ सस्था , ब्यापारीलाइ समेत सहयोग गर्न आह्वान  गर्नु भएको छ l उक्त अवसरमा साली नमिता सेरचनले समेत कतैबाट पर्याप्त सहयोग नभयको गुनासो गर्नु भयो एबम सरकारीस्तरबाट प्राप्त हुने रकम समेत प्राप्त नभएको र थेजिकम २१ महिनाको बाहेक अरु इन्सुरेन्सका रकमहरु प्राप्त हुने लक्षण नहुदा पिडा भैरहेको र पहलको लागि दुताबास, श्रम सहचारी ज्युहरुलाई आवश्यक पहल गरिदिन समेत अनुरोध गर्नुभएको छ ㅣ

Related

korea 2230528478616361058

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item