दक्षिण कोरियामा नेपाली एकता समाज गठन l

विदुर शर्मा , दक्षिण कोरिया -
एसियन मुलुक दक्षिण कोरियामा नेपालीहरुको साझा सामाजिक संस्था "दक्षिण कोरिया नेपाली एकता समाज" गठन भएको छ l 
कोरियाको दोस्रो ठुलो पर्ब सलनालको अवसरमा यहाँ स्थित नेपालीहरुको बिशेष उपस्थितिका बिच राजधानी सौल नजिक छुङ्गाकको दुर्गा रेस्टुरेन्टको सभाहलमा सम्पन्न भेलाले विदुर शर्माको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ l 
प्रस्तावित घोषणापत्र तथा बिधानलाई आवश्यक  परिमार्जन गर्दै पारित गरिएको बिधान तथा घोषणा पत्रको आधारमा गठित समाजमा महासचिब नरहरी पुरी, उपाध्यक्ष अर्जुन थापा र भागीलाल जी एम,  सचिबमा जीवन आचार्य र  कोषाध्यक्षमा नगेन्द्र थापा मगर रहनु भएको छ l 
तिन स्थान रिक्त सहित २१ सदस्यीय समितिका अन्य सदस्यहरुमा दिपक पौडेल , प्रेम कुमार राना , बम बहादुर बि. क., रेशम पुन मगर, टिका नेपाली, कमल बन्जाडे, मदन कुँवर, लक्ष्मीकान्त जोशी, रमेश श्रेष्ठ, बाबुराम पौडेल, प्रकाश श्रीस र खेम बहादुर बि.क. रहनुभएको छ l 
सहिदहरु प्रति एक मिनेट मौन धारण गर्दै अगाडी बढेको उद्घाटन सत्र विदुर शर्माको सन्चालन र दिपक पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो l

Related

korea 456256046827267784

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item