कोरियामा एक नेपालीको मृत्यु , एक घाइते l
https://nnkorea.blogspot.com/2013/02/l_6304.html
देबेन्द्र सम्बाहाम्फे, सोल , कोरिया l
कोरियामा कारको ठक्करबाट रुपन्देहीका यज्ञमुर्ती पाण्डेको मृत्यु भएको छ । ख्यङगीदो उइजङबोमा गत शुक्रबार बिहान ८.३० बजे ड्यूटी सकेर बाहिर सडकमा हिड्दै गर्दा एक नीजि कारले उनलाई ठक्कर दिएको थियो ।
घटनापछि उपचारका लागि सङमु क्याथोलिक अस्पतालमा भर्ना गरिएको थियो । सघन उपचारकै क्रममा पाण्डेलाई चिकित्सकहरुले मंगलबार बिहान ३ बजे मृत घोषणा गरेका हुन् । मृतक पाण्डे दुई बर्षअघि इपीएस मार्फत रोजगारी गर्न कोरिया आएका थिए ।
घटनाको जानकारी पाएपछि शनिबार सोलस्थित नेपाली दूताबासका श्रम सहचारी अनिलकुमार गुरुङ अस्पताल पुगेका थिए । उनको मृत्युबारे परिवारलाई जानकारी पठाईएको र कार चालकको अवस्थाबारे प्रहरीबाट कुनै जानकारी नआएको दूतावासले जनाएको छ ।
त्यसैगरी आसानमा अर्को नीजि कारको ठक्करबाट कैलाली टीकापुरका राजेश रावल घाइते भएका छन् । आसान क्षेत्रमा रहेको तोङयाङ सिमेन्ट कम्पनीमा कार्यरत रावल काम सकेर मोटर साइकलबाट कोठा जानेक्रममा शनिबार नीजिकारको ठक्करमा परेका हुन । रावलको पेट मुनी गम्भिर चोट लागेको थियो । हाल सुङछङहान अस्पतालमा उपचार गराइरहेका रावलको स्वास्थ्यस्थिति सुधारन्मोख रहेको पत्रकार महासंघ कोरियाका सचिब अशोक मैनालीले बताए ।
Post a CommentDefault CommentsFacebook Comments