सुदूर पश्चिम समाजको सातौं साधारणसभा सम्पन्न l

शिशिर घिमिरे,सउल, दक्षिण कोरिया l
सुदूरपश्चिम समाज दक्षिण कोरियाको  सातौं साधरणसभा सम्पन भएको छ ! २०१३-२-१० गते  येदम्पो स्थित माउन्ट एभरेस्ट रेस्टुरेन्टमा सम्पन्न भएको उक्त  सातौं साधारणसभामा नया कार्य समितिको सर्बसहमत  चयन भएको छ ! समाजका अध्यक्ष दिलिप रावलको सभापतित्वमा सम्पन्न भएको उक्त साधरण सभाले समाजको नया कार्य समितिमा सुबास हमाललाई अध्यक्षमा  निर्बिरोध  चयन गरेको  छ l उपाध्यक्षमा जितेन्द्र महता,दिपक रोकाया,धर्मराज जोसी चयन हुनु भएको छ भने सचिबमा मोहन चौधरी ,सह सचिबमा लाल बहादुर साउद ,कोषध्यक्षमा बिरेन्द्र शाह र सदस्यहरुमा क्रमश कमल शाही ,नबराज मल्ल ,तेज बहादुर खड्का,पदम सिंह बिष्ट र अरु सदस्यहरुलाई नया  कार्यसमितिको आउदो फेब्रुअरी २४ गतेको  बैठकमा पुर्णता दिने निर्णय गरिएको छ !
करिब ५ घन्टा चलेको उक्त सधारणसभामा सुदुरपश्चिमबासिको उल्लेखनीय उपस्थिति रहेको थियो ! कार्यक्रममा बोल्दै सुप समाजका सचिब सुरेन्द्र भण्डारीले आफ्नो कार्यकालमा  करिब ९० लाख वोनको आर्थिक सहयोग गरेको प्रगती प्रतिबेदन प्रस्तुतु गर्नु भएको थियो l त्यस्तै कार्यक्रमको समापनमा सुप समाजका  अध्यक्ष दिलिप रावलले नया कार्यसमितिका पधाधिकारीहरुलाई शुभकामना सहित सफलताको कामना गर्नु भएको थियो ! साथै दिलिप रावलले सधारणसभा सम्पन्न गराउन सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरु प्रति आभार ब्यक्त गर्नु भएको थियो !

Related

korea 3544817779499144418

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item