नमस्ते पाल्पा परिवारको साधारण सभा तथा चिठ्ठा कार्यक्रम सम्पन्न


शिशिर घिमिरे,सउल, दक्षिण कोरिया l
नमस्ते पाल्पा परिवार द्वारा आयोजित भाग्यशाली चिठ्ठा कार्यक्रम २०१३ सम्पन्न भएको छ ! जनजाती महासंघ दक्षिण कोरियाको सास्कृतिक कार्यक्रममा खोलिएको चिठ्ठामा  चिठ्ठा नम्बर २०२(202) (खबु काउचा) लाई प्रथम पुरस्कार ल्यापटप परेको छ भने दोस्रो पुरस्कार  चिठ्ठा नम्बर ११२१(1121) लाई भिडियो क्यामरा ,तेस्रो पुरस्कार चिठ्ठा  नम्बर ६५३(653) लाई डिजिटल क्यामरा र सान्त्वना पुरस्कार चिठ्ठा  नम्बर ७०९(709) र १०४५(1045) लाई mp3 परेको छ ! चिठ्ठा थुती दिनका लागि नेपाल बाट आउनु भएका कलाकार हरु राजेश पायल राई पार्बती राई र मुना थापा मगर लगायतका कलाकारहरुले सहयोग गर्नुभएको थियो ! त्यस्तै गरि नमस्ते पाल्पा परिवार ले चिठ्ठा कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुने सम्पूर्ण संघ संस्था तथा  व्यक्तिहरुलाई धन्यबाद ज्ञापन गरेको छ !
  त्यस्तै नमस्ते पाल्पा परिवार को प्रथम साधरण सभा २०१३-२-९ गते साझ येदप्मो स्थित माउन्ट एभरेष्ट रेस्टुरेन्टमा सम्पन्न भएको छ !संस्थाको नया कार्य समितिमा उपाध्यक्ष र सह- सचिब,सह-कोषाध्यक्ष मा नया पदाधिकारी हरुको फेरबदल भएता पनि अरु भने पुरानै कार्यसमिति का पदाधिकारीहरुनै रहेको जनाइएको छ !

Related

korea 5363966876402268459

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item