बिसौनी समुहले कोरिया ततायो l
https://nnkorea.blogspot.com/2013/02/l_6356.html
रमेश खावाजु ,सउल कोरिया l
नेपालको कला र संस्कृतिको सम्बर्द्दन गरौ,स्थानीय कलाकारको सम्मान गरौ भन्ने मूल उद्देश्यका साथ कोरियन नया बर्ष सलनालको अबसरमा दोंग्देमुन स्थित फस्ट नेपाल रेष्टुरेन्टद्वारा आयोजित बिसौनी समुहको बिशेष प्रस्तुति"फस्ट नेपाल दोहोरी साँझ"भव्यताका साथ सम्पन्न भएको छ l तीन दिन सलनालको बिदाको मौका पारेर फेब्रुअरी ९ र १० तारिखमा आयोजित सो सांगीतिक साँझमा स्वागत धन्यवाद मन्तब्य राख्दै रेष्टुरेन्ट संचालक तथा बरिष्ठ समाजसेवी रुद्र शर्माले राष्ट्रिय स्तरका कोरियामा रहेका बिसौनी समुहका कलाकारहरुको प्रस्तुतिबाट आफु धेरै चोटी प्रभावित भएको र हौसला अनि नेपालको कला संस्कृति जगेर्नार्थ यस्तो खाले कार्यक्रम आयोजना गरेको बताउनुभएको थियो l मन्तब्यकै क्रममा कलाकार क्षणिक रमझमको लागि मात्र नभएर आफ्नो देश चिनाउनुका साथै दुख,आपत परेका नेपालीलाई सहयोग गर्दै सामाजिक,आर्थिक रुपान्तरको निम्ति पनि आफ्नो कला,गलाको माध्यमबाट तयार रहनुपर्ने जोड दिनुभएको थियो l
साँझको आकर्षणको केन्द्रबिन्दु बिसौनी समुहले दुबै दिन लाइभ प्रस्तुति दोहोरी लगाएत लोक पप् गीतहरु मार्फत उपस्थित पाहुना महानुभावलाई निकै नै उफारेको थियो l अघिल्लो दिन नमस्ते नेपाल सांगीतिक सौगातमा नेपालबाट आएकी चर्चित नृत्यांगना दिया मास्केको उपस्थिति संगै हुटिंगले निकै नै तताएको थियो भने दोस्रो दिन बृहत् सांगीतिक सौगातमा आएकी चर्चित लोक दोहोरी गायिका मुना थापा मगरको सुरिलो स्वरमा उपस्थित पाहुना मन्त्रमुग्ध भएका थिए l चर्चित बिसौनी समुहका गायक सि.पी.मगर र मुना थापा मगरको"तिते करेलीले"भन्ने गीतमा कम्मर मर्काइ मर्काइ नाच्नेको भीड देखिन्थ्यो l उक्त साँझमा गायिका मुना थापा मगरलाई खादा ओढाई सम्मान गरिएको थियो l पाहुना कलाकार कमल राना, पुरन राना,संगम तिमिल्सिना लगाएतले समुहका चर्चित गायिका सरु पौड्याल संगको सालैज्यो,घम्साघम्सी दोहोरी पनि निकै लोभ लाग्दो थियो l मिठा मिठा नेपाली भोजनका साथ कार्यक्रम १० बजे देखि ३ बजे सम्म चलेको थियो भने साघुरो हलको बाबजुत नेपाली लोक दोहोरी पारखीहरु चाहना हुदा हुदै पनि खुट्टा राख्ने ठाउ नहुनाले ढोकाबाटै फर्किनुपरेको थियो एक नेपालीले बताए l बाध्यबादनमा समुहका चर्चित कलाकारहरु दिलिप गुरुङ,मुनाराज सुनुवार,टीका नेपाली,हेमराज बि.सी.,गंगा नेपालीले साथ दिएका थिए l
कार्यक्रम संयोजक तथा रेस्टुरेन्ट प्रबन्धक टीका गौतमका अनुसार कोरियामा रहने नेपाली लोक दोहोरी पारखीहरुको मागलाइ मध्ये नजर गर्दै आउने दिनहरुमा छिट्टै नै फेरि पनि यस्तो खाले कार्यक्रम गरिने जानकारी दिनुभयो l समुहका गायक सि.पी.मगरका अनुसार कार्यक्रम प्रबासी भूमिमा निकै नै अविस्मरणीय रहेको र आफ्नो समुह नेपाली पहिचान झल्काउने ठेट लोक गीत लोक धुनहरु सुनाउन सधै लागिपर्ने बताउनुभएको थियो l स्मरण रहोस् कोरियामा छुट्टै पहिचान सहित प्रस्तुति पस्कदै आएको बिसौनी सांगीतिक समुहले नमस्ते नेपाल सांगीतिक सौगात र माछापुच्छ्रे सांगीतिक सौगातमा पनि आफ्ना कर्णप्रिय मौलिक लोक धुन र गीतहरु सुनाएर हजारौ नेपालीहरुको मन जितेको थियो l
![]() |
| दक्षिण कोरियाका चर्चित बिसौनी समुहका कलाकारहरु |

.jpg)

Post a CommentDefault CommentsFacebook Comments