नेवा पुच दक्षिण कोरियाको साधारण सभा सम्पन्न l
https://nnkorea.blogspot.com/2013/02/l_13.html
रमेश खावाजु ,सउल दक्षिण कोरिया l
दक्षिण कोरियामा नेपाली तथा नेवारी कला र संस्कृतिको संरक्षण गर्न विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका नेवा पुचःले १० फेब्रुअरी २०१३ मा साधारण सभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ l
उक्त साधारण सभाले नंया कार्यसमिति गुरुजु नबिन बज्राचार्यको अध्यक्षतामा निर्बिरोध चयन गरेको छ l उपाध्यक्षमा रमेश श्रेष्ठ चयन भएका छन् भने सचिवमा निर्मल महर्जन , सह सचिवमा सन्ध्या वुद्धाचार्य ,कोषाध्यक्षमा संजन जोन्छे , सह कोषाध्यक्षमा बीर बहादुर डंगोल , सदस्यहरुमा क्रमश सुनिल महर्जन,शरद महर्जन , अर्जुन ब्यन्जन्कार, रमेश खावाजु ,अरुण श्रेष्ठ ,राजभाई प्रजापति ,संजुमान महर्जन, किरण सैंजु र मोहन सैंजु रहेका छन् l
७० जना भन्दा बढी सहभागी भएको सो कार्यक्रमको सुरुमा अथितिहरुको आसन पश्चात भूपू अध्यक्ष सानु प्रजापतिले बुद्धको मुर्तिमा बती बालेर कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो l तत्पश्चात उपाध्यक्ष रमेश श्रेष्ठले स्वागत मन्तब्य ,सचिब निर्मल महर्जनले नेवा पुचःको आफ्नो कार्यकालको समीक्षा तथा कोषाध्यक्ष प्रविन कारंजितले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने गुरुजु नबिन बज्राचार्यले नेवा पूचको बिगत र बर्तमानलाइ कोटयाउदै भविष्यमा कसरि नेवा पूचलाइ अगाडी बढाउने र नव नेतृत्वको दायित्वलाइ अझ उजागार गर्दै इच्छुक ब्यक्ति अध्यक्ष हुनको लागि आग्रह गर्नु भयो l त्यसपछि ११ नोभेम्बर २०१३ मा भएको दिपक बज्राचार्य लाइभ कन्सर्ट सफल बनाउन सहयोग गर्नु हुने लुम्बिनी रेष्टुरेन्टका संचालक किर्तिकुमार श्रेष्ठ ,सल्लाहकार ज्ञानमान श्रेष्ठ , चन्द्रमान बाराही तथा कोरियाका स्थानिय कलाकारहरुलाइ भूपू अध्यक्ष सानु प्रजापतिले खादा ओडाउनुका साथै अध्यक्ष गुरुजु नबिन बज्राचार्यले सम्मानपत्र हस्तान्तरण गर्नु भयो l उक्त कार्यक्रममा नेवा पुचःका कलाकारहरुले आ आफ्नो प्रतिभाहरु देखाउनुका साथ् साथै कार्यक्रमको अन्तमा सामुहिक नाचगान पनि गरेका थिए l सो कार्यक्रममा भोजनको पनि ब्यबस्था गरिएको थियो l

Post a CommentDefault CommentsFacebook Comments