दक्षिण कोरियामा नेपालीहरुको समस्या तथा हाम्रो दायित्व l

यम श्रेष्ठ  ,दक्षिण कोरिया l
हाम्रो देश नेपाललाइ विश्वमा अर्काको गुलामी नगर्ने स्वाभिमान 
बोकेको देश अनि हामीलाई बिर गोर्खाली भनेर पनि चिनिएता पनी 
अब यो भनाइमा मात्र सिमित भएको छ ।  देश हाक्ने नेताहरुको असक्षमता अनि कुर्सि मोहको कारणले स्वर्गरुपी सुन्दर देश पनि मरभुमीमा  परिणत भैरहेको छ ।  देशमा गरिबी बेरोजगारी, अभाब, दुराचार, आन्तरिक द्वन्द, हत्या, हिंसा, महंगी, अभाब,दण्दहीनता, बलात्कार  जस्ता अनेकौ समस्याहरुले ग्रसित भएर वा रोजगारको अवसर पहिल्याउन नसकेर हामी जस्ता लाखौ देशका कर्णधार युवाहरू बाध्य भएर विश्वको कुना- कुनामा गएर आफ्नो श्रमहरु बेची जीविकोपार्जन  गरिरहेका छन् ।  हरेक नेपालीहरुले अनेक चाहना र रहरहरु बोकी बिदाइको टिका र मालाको साइतमा विदेशको यात्रा शुरु गर्दछन ।  यसै क्रममा हामी पनि सुनौलो भविष्यको सपना साकार पार्न आफ्नो परिवार सबै छोडेर कोरियामा आएका छौं 
। 
 दक्षिण कोरियामा पछिल्लो समयमा काम गर्न आउने नेपालीहरुको चाप र संख्याको बृदिसंगै दुर्घटना तथा बिभिन्न समस्याहरू पनि दिनानुदिन बढ्दै गैरहेको छ। दुइ महिना अघि देखी निरन्तर रुपमा हप्तै पिच्छे कोरियाको अस्पतालमा यस्तै समस्यामा परेको नेपाली बिरामीहरुलाई भेट्न र समस्या समाधानको लागि हामि लागि परेका छौ। बिगतमा पनि यस किसिमका समस्या नभएका हैन तर पनि आजभोली यस्तो दुर्घटनाको बारेमा धेरै नै जानकारी पाइरहेका छौ र प्रत्यक्ष देखिरहेका छौ ।भाषा नबुझ्दा समस्याको समाधान र क्षतिपुर्ती,तलब जस्ता नियमको बारेमा ज्ञान नहुदा पीडितहरु थप मानसिक रुपमा समेत समस्या परेको पायौ।यो दुइ महिना देखि हाम्रो योङ् स्टार ग्रुपका सदस्यहरुले यस्ता बिरामीलाई भेटेर हामिले सक्दो सहयोग र हौसला प्रदान गर्दै उपचार गराउन र क्षतिपुर्ती उपलब्ध गराउनको लागि यस बारेमा बिज्ञ कानुनी परामर्स दाताहरूबाट सहयोग लिइरहेका छौ।मेसिनमा दुर्घटनामा परेर औला काट्नेको संख्या बढ्दै छ भने खुट्टा भाचिएको ,ढाड,पेट तथा अन्य शारीरिक समस्याले ग्रसित पिडित पनि उतिकै संख्यामा बढ्दै गैरहेको छ ।  सुनौलो सपना बोकेर कोरिया आएको युवाको केहि महिनामै यस्तो समस्याले ग्रसित हुनु पर्दाको पिडा त छदै छ त्यसमाथि कुनै कम्पनीले उपचारको लागि बेवास्ता गरिदिदा झन् मानसिक तनाबमा परिरहेका छन् ।  कोहि नेपालीहरु मालिकबाट शारीरिक तथा मानसिक यातना ,अत्याचार र श्रमिक शोषण सहन नसकी श्रमिक मुक्तिको लागि विभिन्न व्यक्तिहरुसित गुहार माग्दा माग्दै केहि नलागेर कम्पनि छाडी अबैधानिक रुपमा काम गर्ने बाध्य भएका छन् ।  यस्तो समस्या बिशेषत कोरियामा कृषि तथा मत्स्य पालनमा काम गर्ने नेपालीहरुले भोगीरहेको कुराहरु हामीले संचारका विभिन्न माध्यमद्वारा सुनिरहेका छौं र प्रत्यक्ष पनि केहि यस्ता ब्यक्ति भेटेकाछौ।

कोरियामा महिलाहरुको समस्या पनि उस्तै छ ।  कोरियामा रोजगारी लागि सहजै भिसा पाइने आशमा नेपालमा धेरै पैसा खर्च गरी नेपाली महिलाहरु कन्सल्टेन्ट मार्फत कोरियाली नागरिकसंग विवाह गरेर आएका हुन् l तर कोरियन नागरिक सित सुखी अनि सुनौलो भबिश्य निर्माणका सपना साँचेर कोरिया आइपुगेका धेरै जसो नेपाली महिलाहरुले मानसिक पिडाहरु भोगेको हामीले पत्र पत्रिका तथा भिडियो मार्फत देखि रहेका छौं ।  कृषिमा काम गर्ने महिलाहरुको ब्यथा पनि बेग्लै छ ।  धेरै समय काम गर्नु पर्ने , बेरोजगारी महिलाहरुलाइ काम पाउन धेरै गार्हो भएको महसुस मैले पनि गरेको छु अझ कोहि कोहि साहु महिलाहरुलाइ दुर्ब्यबहार पनि गर्न खोज्छन ।उनीहरुलाइ यस्ता समस्याको समाधान कसरि गर्ने कंहा , कसलाई भन्ने बारेमा पनि राम्रो जानकारी छैनन् ।  समस्या छ भनेर सबैले औल्याउछन् तर समाधानको लागि पहल वा जोड दिएको कमै पाएका छौ। हामीले पनि जानकारी पाए सम्मको बिरामीलाई भेटेर समस्या समाधानको लागि सके सम्मको साथ सहयोग गरिरहेका छौ र गर्नेछौ पनि ।  कोरियामा धेरै संघ संस्थाहरु छन् तर धेरै चाही समाजसेवाको नाममा कार्यक्रम गर्ने ,अन्तरक्रिया,छलफल र भाषण गर्ने जस्ता काममै ब्यस्त रहेको छ ।  सहयोगी भावनाले सक्रिय रहिरहेको संघ संस्था पनि नरहेको हैन केहि मात्र देखेका छौ ।  अर्को कुरा जब समस्या पर्छ तब मात्र संघ संस्था खोज्ने प्रवृतिले गर्दा पनि भएका संस्थाहरु मजबुत र क्रियाशील हुन नसकिरहेको अबस्था रहेको देख्छुl यहि तालमेल नमिल्दा र समस्या समाधानको विश्वसनीय निकाय नहुदा कोरियामा विभिन्न खालका समस्याहरु बढ्दै गैरहेको छ ।  र जुन निकायले यस बारेमा चासो देखाउनु पर्ने हो वा दायित्व बहन गर्नु पर्ने हो त्यस निकायले सकृय भूमिका ननिभाएको हुदा झन् समस्या बिकराल बन्दै गइरहेकोछ ।यस बारेमा जीम्मेवारी निकायहरूको पनि ध्यान केन्द्रित गराउन चाहन्छु। अहिलेको समस्या जो फिल्डमा समस्या समाधान गर्न र परेको बेलामा सहयोग गर्न तत्पर हुन्छ त्यसै माथि समस्याको भार थोपरिदै गइरहेको छ l संघ संस्थाहरुमा सम्बन्धित हुने ब्यक्तिहरुले त कुनै न कुनै रुपमा राहत र सहयोग पाउछ होला तर संघ संस्थाहरुमा संलग्न नभएका ब्यक्तिहरु समेट्ने खालको कुनै संघ संस्था नभएका कारणले पनि हो कि,हामीलाई यस्तै व्यक्तिहरुबाट सहयोगको लागि हात फैलाएका भन्ने आभाष भएको छ ।  हामीले हाम्रो क्षमताले भ्याए र सकेसम्म ति असहाय ब्यक्तिहरुलाइ सहयोग गरि रहनेछौं ।

कोरियामा रहेका हामी सबै श्रमिकहरुको ढुकढुकीमा श्रमिक बेदना लुकेको हुन्छ र यसलाई कहिलेसम्म लुकाएर राखने ? के हाम्रो जिन्दगि यसरी नै बित्छ त ? एकपटक सोचौ त ! अझ हामीले हाम्रो जिन्दगीमा लामो समय जिउनु छ ।  कोरियामा आखाभरी आशु, मनभरी माया अनि मुटुभरी सम्झना बोकेर हिडिरहेका पिडित नेपालीहरुको समस्याहरुलाइ हामी सबै मिलेर समाधान गरौँ ।  अब हामि सहयोगी भावनाले सक्रिय भइ सबै संघ संस्थाहरु एकजुट होऔं ।


( यम श्रेष्ठ योङ स्टार ग्रुप कोरियाका अध्यक्ष हुन् l )




Related

bichar 4554436571725946745

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item