कोरियामा हृदयघातका कारण नेपालीको मृत्यु l


ईश्वर दाहाल, फेन्थेक कोरिया l
कोरियामा पुन:  एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ ।  बहादुरपुर-७ पाल्पा स्थायी घर भएका ४१ बर्षिय खेम बहादूर ढेङ्गाको हिजो राति फेब्रुअरी १२ का दिन करिब पौने सात  बजे ओइरिवन आन्सङ अस्पतालमा हृदयघातको कारण मृत्‍यु भएको हो।

सँगै कोठामा बस्ने साथी कृष्ण पाण्डेले हेल्लो नेपाल कोरिया डटकमलाई दिएको जानकारी अनुसार काम सकेर कोठामा खाजा खाँदै सोहि दिन एक नेपालीको कारको ठक्करबाट मृत्यु भएको खबर पढ्दै गर्दा बेहोस भएका थिए । उनलाई  अस्पताल पुर्याइएको १५ मिनेट पछाडी डाक्टरले मृत्यु भएको जानकारी दिएका थिए ।

ढेङ्गा आठ बर्ष देखि कोरियामा कार्यरत थिए । उनका परिवार भने हाल बुटवल नगरपालिका सुख्खनगरमा बस्दै आएका छन् ।


Related

korea 1345008427336039328

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item