बाग्लुंग संपर्क समितिको साधारण सभा सम्पन्न l



सुर्य क्षेत्री,सउल कोरिया l
दक्षिण कोरियाको सबैभन्दा प्रभाबशालि  र विभिन्न सामाजिक कार्यमा अग्रस्थानमा रहेर काम गर्दै आएको बाग्लुंग संपर्क समिति कोरियाको ५ औं साधारण सभा फेब्रुवरी११ तारिखका दिन सम्पन्न भएको छ । कोरियाको नया बर्ष सलनालको अवसरमा गरिएको सभामा कोरियामा रहेका बाग्लुंग बासीहरुको भब्य उपस्थितमा सम्पन्न उक्त सभाले तारा केसीको  नेतृत्वमा नंया कार्यसमिती चयन गरेको छ। सौलमा रहेको नमस्ते इन सौल रेष्टुरेन्टमा भएको साधारण सभाको खुल्ला सत्रको सभापतित्व  निबर्तमान  अध्यक्ष पूर्ण काउचाले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन निवर्तमान सचिव यम श्रीश मगरले गर्नुभएको थियो। कार्यक्रम को स्वागत मन्तब्य निवर्तमान उपाध्यक्ष तारा के सी ले गर्नु भएको थियो ।सो सभामा गैरआबासिय नेपाली संघ (NRN) का बरिष्ठ उपाधयक्ष तथा बाग्लुंग समाजका सल्लाहकार राजु छेत्री, नेपाली जनअधिकार मंच कोरिया का अधयक्ष तथा सल्लाहकार दिपक पुन, बरिष्ठ सल्लाहकार खड्क पुन र बिपिन गुरुङले बाग्लुंग सम्पर्क समितिले कोरियामा बाग्लुंग बासिलाइ मात्र नभई कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई नै आपतविपतमा सहायोग गरिरहेको र नेपालको बिकट गाऊहरुमा स्कुल भवन,अस्पताल  भवन लगाएत बाढीपहिरोमा परेकाहरुलाई उद्धार लगाएत निकै धेरै सहयोग गरिरहेको र आगामी दिनहरुमा अझै सामाजिक कामहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु पर्ने बताएका थिए। खुल्लासत्र को समापन गर्दै निवर्तमान अध्यक्ष पूर्ण काउचाले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सम्पूर्ण संघसस्था र सम्पूर्ण  बाग्लुंग बासीहरुलाई धन्यबाद दिनुभएको थियो ।निकै सौहार्द पूर्ण तरिकाले सबै पदहरुमा सर्बसम्मत निर्बाचित भएका नंया पदाधीकारीहरू यस प्रकार रहेका छन्-
अध्यक्ष - तारा के सी
बरिष्ठ उपाधयक्ष - यम श्रीष
उपाधयक्ष – के बि पुन
सचिब – भगवान छन्त्याल
सह सचिब -पूर्ण पौड्याल
कोषाध्यक्ष – यम के सी
सह कोषाध्यक्ष – लिला बिक लगाएत तत्काल १६ सदस्यिय कार्यसमिती चयन भएको छ।

Related

korea 3574465475837869252

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item