दक्षिण कोरियामा समाजसेवा एक चुनौति l
https://nnkorea.blogspot.com/2013/02/l_2846.html
कमलप्रसाद अर्याल ,द. कोरिया l
नेपालीका निम्ति रोजगारको आकर्षक गन्तब्य बनेको दक्षिण कोरियामा हाल २० हजारको हाराहारीमा प्रवासी नेपालीहरू श्रम गरिरहेका छन् l यहाँ हरेक जिल्लाका अलग अलग अस्तित्व बोकेका संस्थाहरू विद्यमान छन् भने विभिन्न राजनैतिक भात्रृ, भगिनी सस्थाहरू रहेका छन् l स्वतन्त्र बिशुद्ध समाजसेवाको उदेस्यबाट प्रेरित भएर स्थापना भएतापनि हाल प्रत्यक्ष परोक्ष रुपमा राजनीतिमा मुछिन गएका छन् l प्रवास भुमि भएकाले नेपालका संघ सस्थाले जस्तो अन्य श्रोतबाट आर्थिक सबलता प्राप्त गर्नु दुर्लभ प्राय नै छ भन्नु पर्ने हुन्छ l हामीमाझ केही चुनौति र असहज वातावारण हुँदाहुँदै पनि समाजसेवाको दायित्त्व लिनु पर्ने वाध्यता पनि छ l कोही साथी भर्खर नेपालबाट आएको छ कमाउन सकेको छैन ,बिपत्तिमा परेको छ ,दुर्घटनाको सिकार भएको छ ,मृत्यु वरण गर्न वाध्य छ ,मानसिक विचलन आएर आत्महत्याको बाटो अबलम्बन गर्नु पर्ने बाध्यता देख्ने गरेका छन् यस्तो विषम परिस्थितिमा अभिभावकको खाँचो पनि छ ,हामी र हाम्रो सस्था अभिभावक बन्न सकोस भन्ने भावनाबाट प्रेरित छौ l तर हामीसंग आर्थिक श्रोत छैन यिनै श्रमिक साथीहरूमाझ हात फैलाउनु पर्ने वाध्यता छ l हरेक सस्थाले हरेक समयमा सहयोग र चन्दाकै कुरा गर्ने भएकाले सामाजिक कार्यमा सहभागी हुने कि नहुने कार्यक्रममा जानेकि नजाने भने प्रस्न हरेक प्रवासी साथीहरुमा उठ्नु स्वाभाविक पनि हो l त्यसैले सस्थाहरूसंग बजेट नहुनु स्वाभाविक पनि हो तर जुनदिन दुर्घटना हुन्छ वा कुनै विपत्तिको सामना गर्नु पर्ने अवस्था आउँछ त्यतिबेला सस्थाले नै अभिभावकको जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ l जहाँ जुन अवस्थामा भएपनि हामीलाई जानकारी गराउनुस आफ्नो पेट र परिवारको पेटलाई असर नपर्ने गरी सकेको सहयोग गर्नुस यो सहयोग तपाई हाम्रै संकट समाधानका निम्ति हो l
हामीले नयाँ अभियान संचालन गर्नुपर्ने वा केही रचनात्मक शिल्पका माध्यमबाट यो समस्याको स्थाई समाधान खोजिनु पर्दछ l , कसैसंग हात फैलाउन नपरोस् र कोही साथी बिचल्लीमा नपरोस् भन्ने उदेश्यले प्रेरित भएर सोच्नु पर्ने अवस्था आएको छ आर्थिक अभाव बेहोर्न नपरोस्, विपत्तिमा परेका साथीहरुलाई खुला हृदयले सहयोग गर्न सकियोस र सधै मागेर काम चलाउनु पर्ने वाध्यताबाट सस्थाले मुक्ति पाओस, , नेपालमा पनि सेवा र सहयोगका क्षेत्रमा हातेमालो गर्न सकियोस भने अभिष्ट राखिनु पर्दछ l आगामि दिनहरूमा भिभिन्न शिप मूलक तालिम संचालन गरी नेपालमै कुनै उध्योग ब्यबसाय गर्न सक्ने दक्ष्य जनशाक्ति निर्माणमा कस्ता प्रयास गर्न सकिन्छ भन्ने विषयमासमेत बिभिन्न सस्थाका साथीहरूसंग सल्लाह ,सहमति, सहयोग , सद्भाभ र सहकार्य गर्दै एच आर डी दक्षिण कोरियासंग सहयोगको अपिल गर्ने योजना बनाउनु आवस्यक छ l यसरी साथीहरुमाझ जहिले हात पसारेर, मागेर क्षणिक आवस्यकता पूरा गर्नु पर्ने चुनैतिको स्थाई समाधानको विकल्पका रुपमा यस लेख मार्फत विभिन्न संघ सस्थामा क्रियाशील मित्रहरू र दक्षिण कोरियाका कुटनैतिक नियोग प्रमूख, श्रम सहचरी वा उपनियोग प्रमुखज्यूलाई समेत सहयोग गरिदिनु हुन निवेदन तथा आग्रह गर्दछु l
एउटा बिपत्ति सहायता समिति निर्माण गरी सो अन्तर्गत बिभिन्न सँस्था प्रमुखहरु सदस्यका रूपमा रही कुटनैतिक नियोग प्रमुख उपनियोग प्रमुख वा श्रम सहचरी पदेन संरक्षक रहने गरी हरेक वर्ष हरेक सस्थाले निश्चित रकम जम्मा गरौ र सो रकमबाट बिपत्तिमा परेका साथीहरूको पहिचान गरी आवस्यक सहयोग गरौ l आगो लागे पश्चात् कुवा खनाउनु भनेझै लास थाती राखेर अन्तिम सस्कारका निम्ति चन्दा उठाउदै हिड्नु लाज मर्दो कुरा हो l कुनै साथी जीवन मरणको दोसाधमा संघर्ष गरिरहेको छ ,यस्तो अवस्थामा चन्दा माग्दै हिड्नु पर्ने अर्को बिडम्बना पनि हो l अर्को कुरा चितवन सम्पर्क समितिसंग कोष खाली भएकाले चितवनका बिरामीको निम्ति सहयोग अपिल गरियो l तर कुनै कार्यक्रममा जाँदा अन्य जिल्लाको साथीको सहयोगका निम्ति पत्र प्राप्त हुन्छ l घेरा बन्दीमा परिन्छ सहयोग गर्ने पर्ने हुन्छ माग्नेसित माग्नेले नै मागे जस्तो ,के यस्तो समस्याको स्थाई समाधान खोज्नु हाम्रो दाईत्व होइन र ? आइतवार कोरियामा काम गर्ने साथीहरूको बिदा हुने सो दिन दुतावास बन्द हुनुले परेको मर्कालाई समेत अतिरिक्त कोष निर्माण गरी आइतवारका निम्ति अतिरिक्त व्यवस्था गर्न सकिन्छ l त्यसका निम्ति पत्रकारिताको शैलीमा व्यक्तित्व विज्ञापन गर्ने र जिम्मेवार व्यक्तिको आलोचना गर्ने ओज पतन गराउछु भन्ने पूर्वाग्रह राख्नु भन्दा निवेदन गरौ l आखिर मानवलाई सेवा र सहयोग गरौ भन्ने चाहना त निश्चितरुपमा सबैको हुन्छ l
जिमेवार व्यक्ति, सँस्था र हामी नेपाली साथीहरु बसेर यो समस्याको स्थाई समाधान गर्न सकियो भने हामीले प्रवास भूमिमा समाज सेवाको क्षेत्रमा केही गरेको ठहर हुने छ l हरेक वर्ष को अन्त्यमा लेखा परीक्षण गराई बाकी रकमलाई नेपालमा आनाथ,असहाय बृद्ध र रोगीहरुको सेवामा अलग कोषमा रुपान्तरण हुने व्यवस्था मिलाउन सकियो भने स्थाई प्रकृतिका असहाय आश्रय केन्द्र पनि बनाउन सकिन्छ l यस विषयमा सबैको ध्यान जाओस् मेरो बिन्नम्र निवेदन छ l
(लेखक चितवन सम्पर्क समितिका अध्यक्ष हुन)

Post a CommentDefault CommentsFacebook Comments