नेपाल आदिवासी जनजाति महासंघ कोरियाद्वारा आयोजित बृहत सांगीतिक सौगातको तयारी पुरा l


यम श्रीस मगर,सोल, दक्षिण कोरिया l
सर्बप्रथम त नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले कोरियन नव बर्षको उपलक्ष्यमा देश बिदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ। आदिवासी जनजातिको संस्कृति आदिवासी जनजातिको पहिचान भन्ने मुल नारा सहित नेपालकै अति दुर्गम जिल्ला डोल्पाका ३ जना बालबालिकाहरुलाई गत २ बर्ष देखि यस महासंघले पोखराको सुर्योदय बोर्डिङ्ग स्कुलमा पढाउदै आएको र आगामी दिनमा थप बिद्यार्थीहरु भर्ना गर्ने उद्देश्यका साथ यहि फेब्रुरी १० तारिख बृहत सांगीतिक सौगात भाग १ को आयोजना गरिएकोले उक्त साँस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ। बृहत साँगीतिक सौगातमा नेपाल देखि ५ जना कलाकारहरु सुप्रशिद्ध भर्सटायल गायक राजेश पायल राई, चर्चित लोक गायीका मुना थापा मगर,चर्चित नृत्याङ्गना पार्बति राई, खोजी प्रतिभा २०१२ को प्रथम चर्चित गायक बिक्रम लिम्बु र नब प्रतिभा पप गायिका एन्जेल श्रेया राई को भीजा बिभिन्न बाधा अवरोधको बाबजुद आज बिहिबार  लागेको छ। उनीहरु सनिबार कोरिया आईपुग्नेछन्। नेपाल आदिबासी जनजाति महासंघ सधै अन्याय र अत्याचारको बिरुद्धमा आवाज उठाइरहेको संस्था,कोरियाली भुमीमा पनि स्थापना कालदेखी निरन्तर आफनो भुमीका र आवाजहरु स्पष्ट रुपमा राख्दै आइरहेको छ। समाज सेवाको नाममा अनावश्यक प्रतिस्पर्धा, सामाजिक बिकृति र बिसङ्गगतीको बिरुद्ध आवाज उठाउदा कतिपय संस्था र महानुभावहरुलाई अपच भइरहेको छ र त्यसको बदला लिन खोजीरहेका छन् अति घृनित कार्यहरु गरिराखेकाछन्। अरुलाई दुख दिन ठुलो खाल्डो खन्दा आफु पनी त्यो खाल्डोमा पर्न सकिन्छ भन्ने हेक्का राख्न जरुरी छ। यस प्रकारका घृनित कार्यहरुको नेपाल आदिवासी जनजाति महासंघ कोरियाले घोर भ्रत्सना र निन्दा गर्दछ।
आदरणीय कोरियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,बुद्धिजिबी,ब्यापारी,समाजसेबी,पत्रकार,राजनितिज्ञ तथा संस्थाका पदाधिकारीहरु सबैमा नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरिया हार्दिकताका साथ बिनम्र अनुरोध गर्दछ की यहाँहरुको गौरबमय उपस्थितिले सधैं सत्यको जीत हुनेछ र महासंघले लिएको निस्वार्थ उद्देश्य अवस्य पुरा हुनेछ। आशा गर्दछौं की यहाँहरुले चर्चित कलाकारहरुको साथमा भरपुर मनोरन्जन सहित ४।५ महिना सम्म लगातार गरेको कडा परिश्रमको दुख बिसाउनुहुनेछ र समाजसेवा पनि गर्नुहुनेछ। अन्तमा सबै महानुभाबहरुको सुबिधालाई मध्यनजर गर्दै दोङदेमुन ३ नं. गेटबाट कार्यक्रम हल सम्म जानको लागी २ वटा मिनी बसको पनि ब्यबस्था गरिएको छ। समयमै उपस्थित भै कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाईदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
मितिः२०१३ फेब्रुरी १० आईतबार
स्थानःसङ्गबुक कुमिन यसङ्ग ह्वेग्वान(बाग्लुङ्ग सम्पर्क समितिले कार्यक्रम गरेको हल)
समयःठीक १ बजे देखी
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरिया

Related

korea 3777356019231944969

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item