सलनालको जाडोमा बिसौनी समुहले कोरिया तताउँदै l

रमेश खावाजु ,दक्षिण कोरिया l
अहिले कोरियाको जाडो मुटु हल्लाउने खालको छ । कोठाबाट बाहिर निस्कियो कि चिसोले काम्न थालिहाल्छ l दुइ चार मिनेटपनि बाहिर बस्न मुस्किल पर्छ चिसोले । कोरियामा जाडो याममा यहि चिसोले गर्दा रमाईलो गर्ने मेसो पनि मिल्दैन । यो समयमा नेपालीहरुको सहभागिता पनि न्यून हुने भएकोले विभिन्न नेपाली संघसंस्थाहरुले कार्यक्रमहरु पनि हतपत् राख्दैनन् l तर अहिले जतिसुकै जाडो भएपनि शरीर तताउने अनि रमाइलो गर्ने गजबको समय आएको छ कोरियामा l कोरियाको नंया बर्ष सलनालको अवसर पारेर विभिन्न संस्थाहरुले नेपालवाट कलाकारहरु झिकाई सउल तथा बुसानमा सांगीतिक कार्यक्रमहरु गर्न लागिरहेका छन् l त्यस्तै सालनालमा बिसौनी समुहले पनि एन .आर.एन , कास्की परिवार तथा फर्ष्ट नेपाल रेस्टुरेन्ट गर्न लागेको कार्यक्रममा लोकधुन तथा लोकदोहरी गीतहरु प्रस्तुत गर्नेछ l 
कोरियामा नेपाली लोकधुन तथा लोक दोहोरी गायनमा नेपालीहरु माझ मन छुन सफल रहेको बिसौनी समूहले यहीं ९ फेब्रुअरी २०१३ मा एन.आर.एन कोरियाद्वारा आयोजित जोंग्नो ओ गा मा हुने "नमस्ते नेपाल सांगीतिक सौगात २०१३'' कार्यक्रममा लोक धुनहरु प्रस्तुत गर्नेछ l दिउसो १२:३० बजे देखि सुरु हुने सो कार्यक्रममा इन्डियन आइडिएल प्रशान्त तामाङ, चर्चित हास्य कलाकार मनोज गजुरेल लगाएत अन्य कलाकारहरुले आ आफ्नो प्रतिभाहरु प्रस्तुत  गर्नेछ  l सोहि दिन राति १० बजे दोंदेमुनमा फर्ष्ट नेपाल रेष्टुरेन्टको  आयोजनामा हुन् लागेको "फर्स्ट नेपाल दोहारी साँझ" कार्यक्रममा बिसौनी समुहले बिशेष लोकदोहरी प्रस्तुत गर्ने भएको छ l 
त्यस्तै फेब्रुअरी १० तारिक मा कास्की परिवारद्वारा आयोजित कुमिन ह्वेग्वान दोंग्देमुनमा हुने "माछापुच्छ्रे सांगीतिक सौगात भाग-२"मा पनि बिसौनी समूहका कलाकारहरुले आफ्नो प्रतिभाहरु प्रस्तुत गर्नेछ l दिउसो १२ बजे हुने सो कार्यक्रममा कोरियाका स्थानीय कलाकारहरु भरत गुरुङ ,बुद्ध गुरुङ ,ट्रिनिटी ब्याण्ड ,विकल्प ब्याण्ड लगाएत अरु कलाकारहरुले पनि आ आफ्नो प्रस्तुति  दिनेछ l   
बिभिन्न वाध्यता र बिबशताका कारण आफ्नो घर परिवारबाट टाढाको बसाइ अनि कोरियाको कडा परिश्रम रुपी कामलाइ एकैछिन बिर्सेर कोरियामा लोक संस्कृति, लोक धुन अनि  लोक बाजा जगेर्ना गर्ने उद्देश्यले खोलिएको यो सांगीतिक समूहले बिगत ६ महिना देखि लागातार कोरियामा विभिन्न कार्यक्रमहरु गरिरहेका छन् l नेपालमा अहिले लोकगीत, लोक दोहोरीको बाढीनै आएको छ । गाउँ वस्तीदेखि शहरका भोजनालयसम्म लोकभाकाहरुले गुन्जिएका छन् । त्यहि प्रभाव कोरियाका लोकगित प्रेमी नेपालीहरुको मनमा पनि परेको छ । जतिसुकै पाश्चात्य  संगीतको मोह बढे पनि अहिले कोरियामा नेपाली लोक भाका र संस्कृति भनेपछि हुरुक्कै हुने नेपालीहरुको संख्या पनि बढी रहेका छन् l  सलनालको अवसर पारेर कोरियाको लोक गायनमा नाम कहलिएका स्थानीय गाएक / गायिका अनि बाद्बादकहरुको सांगीतिक समूह "बिसौनी समूह"ले प्रस्तुत गर्न लागेको यस कार्यक्रममा उपस्थित हुन् सो समुहका गाएक सी. पी .थापा मगरले अनुरोध गर्नु भएको छ l  उहाँले यो कोरियाको चिसो मौसममा पनि दर्शकलाई झुम्म झुम्म पारिपारि नचाउँने प्रयास गर्नेछु भनि भन्नुभयो l


Related

korea 1000900718484081573

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item