सोनाम ल्होछार सांगीतिक कार्यक्रमको तयारी पुरा l


विकास मोक्तान, सउल कोरिया l
“ह्ङला कार्इरण ह्याङला ग्योर्इ, ल्होछार दाङ्सी छार्नलार्इ” भन्ने मुख्य लक्ष्य र उदेश्यका साथ २०१३ फेव्रअरी ९ तारीखका दिन सउल छुंगु, छंग्सोन्यन् सुर्यनग्वान हलमा नेपाल तामाङ संघ दक्षिण कोरियाले आयोजना गर्न लागेको तामाङहरूको महाँन चाड २८४९ औं (डुल ल्हो) सर्प वर्ष सोनाम ल्होछार सांगीतिक कार्यक्रमको सम्पूर्ण 
 तयारी पुरा भएको छ ।
लामा गुरू ज्यूहरूवाट ल्होछार विशेष पुजापाठ गरी सुरू गरीने उक्त कार्यक्रम औपचारीक र अनौपचारीक गरी २ भागमा विभाजन गरीने छ। औपचारीक कार्यक्रममा शुभ कामना आदान प्रदान, सम्मान-प्रत्र हस्तान्तरण र अतिथि ज्यूहरूवाट शुभ-कामना मन्तव्य रहने छ भने अनौपचारीक कार्यक्रममा नेपालवाट आउनुहुने चर्चित कलाकारहरू चन्द्र कुमार दोङ र ईन्दिरा गोलेगुरूङको विशेष प्रस्तुतिका साथ स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ।
साथै ल्होछारका मिठान्न परिकारहरूको पनि व्यवस्था गरीएको छ।
जाने तरीकाः- लाईन नं.३ र ६ याक्सु स्टेसन गेट नं ५ बाट २ मिनेट अगाडी
(तमुधि कोरिया र नेपाल मगर संघ कोरियाले कार्यक्रम गरेको हलमा)

Related

korea 1329366562173582907

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item