समाज सेवाका लागि सांस्कृतिक कार्यक्रम l

देवेन्द्र सम्बाहाम्फे
सोल ,दक्षिण कोरिया l
सदा झैं यसपालीको कोरियाली नयाँ बर्ष‘सलनाल’ को तीन दिने बिदामा नेपालबाट कलाकार निम्त्याएर तीन संस्थाले कार्यक्रम आयोजना गर्न लागेका छन् । सोल र किम्हेमा हुने यी कार्यक्रमहरुका लागि नेपालबाट १२ जना कलाकार आउने भएका छन् ।
नयाँ बर्षको पहिलो दिन एनआरएनले ‘नेपाली संस्कृति हाम्रो पहिचान,प्रवासमा चिनाउने हाम्रो अभियान’ भन्ने नारासाथ फेबु्रवरी ९ का दिन साङ्गीतक कार्यक्रम आयोजना गर्न लागेको छ । यस कार्यक्रममा गायक तथा नायक प्रसान्त तामाङ,नायिका दीया मास्के र हास्य कालाकारद्धय तक्मे बुढा (विल्सनबिक्रम राई) र माग्ने बुढा (केदार घिमिरे)ले आफ्नो नृत्य,कला र गला प्रस्तुत गर्ने छन् । यस कार्यक्रमबाट प्राप्त मुनाफ शतप्रतिशत ‘नेपाल हाउस’ ब्याबस्थापन र संचलनमा प्रयोग गरिने जनाइएको छ । आपत बिपतमा परेका नेपालीहरुको बासस्थान भएकाले ‘नेपाल हाउस’लाई कोरियामा रहेका नेपालीले साझा घर मान्दै आएका छन् । बेक्जुन्यन गिन्यम ग्वान जोंग्नो ओगामा आयोजना गर्न लागिएको यो कार्यक्रममा केईबी र नाबील बैंकले नेपाली कामदारलाई खाता खोल्ने सेवा पनि उपलब्ध गराउने छन् | खाता खोल्न ईच्छुकले राहदानीको फोटोकपि, परिचय पत्र र एक प्रति पास फोटो लिएर उपस्थित हुन् समेत बैक ब्यबस्थापनले सूचना जारी गरेको छ |
दोश्रो दिन आदिबासी जनजाति महासंघले साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । ‘आदिबासी जनजातिहरुको संस्कृति र पहिचान’ मुल नारा राखिएको यस कार्यक्रममा गायक राजेश पायल राई, लोक गायिका मुना थापा मगर, खोजी प्रतिभा दोश्रो संस्करणका बिजयी गायक बिक्रम लिम्बु,नृत्यकार पार्वति राई र गायिका एन्जेल श्रेया राई आउने भएका छन् । महासंघले बिगत दुई बर्षदेखि डोल्पाको दुर्गम गाउका सीमान्तकृत डोल्पो समुदायका तीन बालबलीकाहरुलाई पोखराको सूर्योदय बोर्डिङ स्कूलमा बोर्डस राखेर अद्यापन गराईरहेको छ । यीनै बालबालिकाहरुको पढाई खर्च जुटाउन यस सागीतिक कार्यक्रमको उद्धेश्य रहेको छ । यी बालबालिकाको अध्ययन खर्च हालसम्म महासंघका पदाधिकारीले मात्र ब्यहोर्दै आएका छन् । ती बालबालिकाको कक्षा १० सम्मको पढाई खर्च संकलन गर्न र अरु पिछडिएको समुदायका बालबालिकालाई पनि क्रमश यसरी नै शिक्षा दिने लक्ष रहेको महासंघका महासचिब यम श्रीसले बताए ।
महासघको कोषलाई मजबुत बनाउन पोखरा बेगनासताल वरपरको १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरिएको छ । यो खेती संघका पूर्व अध्यक्ष चङकुमार गुरुङ सकृयतामा गरिएको पनि महासचीव श्रीसले बताए | सङबुक कुक्मीन यसङ हेग्वानमा हुन लागेको यस कार्यक्रममा उपस्थित दर्शकहरुले स्थानीय सांस्कृतिक समुह ‘बिसौनी’का कलाकारहरुको प्रत्यक्ष दोहोरी पनि रसोपान गर्न पाउने छन् ।
यसै दिन कोरियाको दक्षिणी क्षेत्रमा रहेका नेपालीलाई गायक एन्ड्रीन प्रधान र हास्य कलाकार हर्के हल्दार (बिष्णु सापकोटा) ले मनोरन्जन दिने छन् । किम्हे माईग्रेन्ट हाउसले संयोजन गरेको यस कार्यक्रमबाट संकलन हुने रकमले कर्णालीको क्षेत्रको एक अस्पतालमा आवश्यक सामाग्री खरिद गरिने जनाइएको छ । यस कार्यक्रममा स्वीटी तामाङ,रुबेन खड्का,जीवन थापा मगर,नबीन श्रेष्ठ,प्रशान्त लोहनी आदि स्थानीय कलाकारहरुको प्रस्तुति समेत हुनेछ ।
यो दिन कास्की परिवारले माछापुछ्रे सांगितीक सौगात भाग २ पनि प्रस्तुत गर्ने भएको छ | यस कार्यक्रमबाट प्राप्त रकमले पोखरा रंगशालामा भलिवल वरिपरी प्यारापिट निर्माण गर्न र कोरियामा कार्यरत स्थानीय कलाकारहरुलाई सम्मान गर्ने लक्ष आयोजकले लिएको छ | यस सौगातमा गायक द्वय भारत गुरुङ र बुद्ध गुरुङ नृत्यकार ज्योती गुरुङ भवेश थापाका साथै ट्रिनिटी बैण्ड,बिसौनी समूह ,विकल्प बैण्डका प्रस्तुतिहरु हुनेछन | नेपालीहरुको शहर भनेर चिनिने तुङदेमुनस्थित जोङ्गरो कुक्मिन हेग्वानमा यो कार्यक्रम हुने छ |

उल्लेखित चारै वटा कार्यक्रमहरु समाजसेवाका लागि गरिने भएकाले आयोजकहरुले दर्शक तान्न आफ्नो कार्यक्रमलाई ब्यापक प्रचार प्रसार गरेका छन् । नेपाली कामदार अधिक रहेको क्षेत्रमा टिकट अग्रीम बुकिङ गराई रहेका छन् । सास्कृतिक जगेर्नाका साथै समाजसेवा पनि हुने भएकाले कार्यक्रममा उपस्थित हुन उनीहरुले संघसंस्थाका प्रतिनीधि र सर्बसाधारण पनि अनुरोध गरेका छन् ।

Related

korea 5932096327271501963

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item