कोरियाको फेङथेक शहरमा बहु-सांस्कृतिक मेला भब्य रुपमा सम्पन्न l

रमेश खावाजु , दक्षिण कोरिया l
दक्षिण कोरियामा विश्व जऩ दिवशको अवसरमा फेङ्थेक माइग्रेन्ट सेन्टरको आयोजनामा २०१३  मे २६ तारिख आइतबारका दिन बहु-सांस्कृतिक मेला भब्य रुपमा सम्पन्न भएको छ  । फेङ्थेक सिटी हलमा बिहान १० बजे देखि सुरु भएको सो कार्यक्रममा  ऩेपाल ,दक्षिण कोरिया, भियतनाम,फिलिपिन्स ,श्रीलंका , बंगलादेश लगायत १२ वटा राष्ट्रहरुको पनि सहभागिता रहेको थियो l  दक्षिण कोरियामा रहेका बिभिन्न  देशका नागरिकहरुलाई लक्षित गरिएको उक्त मेलामा सहभागी राष्ट्रहरुले कला ,संस्कृतिको पहिचान तथा  प्रबर्धन गर्ने उदेश्यले विभिन्न स्टलहरु राखेको थियो l उक्त मेलामा विभिन्न राष्ट्रहरुका कलाकारहरुले सांस्कृतिक  कार्यक्रममा  बिभिन्न नृत्य तथा गायन प्रस्तुत गरेका थिए भने खेलाडीहरुले मिनी फुटवल, बास्केटबल तथा अन्य बिभिन्न मनोरन्जनात्मक खेलहरुमा सहभागिता जनाएका थिए l विभिन्न कार्यक्रममा प्रथम ,द्धितीय तथा तृतीय हुनेहरुलाई आकर्षक पुरस्कारहरु पनि दिइएको थियो l 
नेपालीहरुको सहभागिता 
विश्व जऩ दिवशको अवसरमा  भएको बहु-सांस्कृतिक मेलामा नेपाली कला संस्कृतिको पहिचान र प्रबर्धन कोरिया गर्नका लागि फेङथेक माइग्रेन्ट सेन्टर(नेपाली समिति)ले नेपालको तफॅवाट सहभागिता जनाउने भएको थियो। बाक्लो नेपालीहरुको सहभागिता रहेको उक्त मेलामा नेपालको लागि  २ वटा स्टल रहेको थियो l पहिलो स्टलमा हाम्रो नेपाली  कला  सस्कृतिको  प्रबर्धन  गर्नका  लागि  करिब  ३००  जना  कोरियन बिद्यार्थीहरुलाई  हाम्रो  मुख्य  चाड  दशैंमा लगाइने रातो  टिका  लगाइदिएको  थियो l  
दोस्रो स्टलमा राखिएको नेपाली स्वादको खाना कोरियन  तथा अरु बिदेशीहरुले निकै मिठो मानि मानि खाएका थिए l मेलाको सांस्कृतिक कार्यक्रममा नेपाली मगर पोशाकमा कलाकारहरु सलिना पुन ,सबिन गुरुङ ,अमृता जोशी तथा बिनोद थापाले सामुहिक नृत्य प्रस्तुत गरेका थिए l त्यस्तै नृत्य प्रतियोगितामा रोशना केसी तथा रिकमान मगरको नेपाली टोलिले "कता हिडयौं गुलाब को  फुल बनि " भने गीतको नृत्यले प्रथम पुरस्कार प्राप्त गरिन l त्यस्तै मिनी फुटबल प्रतियोगितामा पनि नेपाली खेलाडीहरुको  टोलीले प्रथम पुरस्कार प्राप्त गरिन भने अन्य विभिन्न थुप्रै मनोरन्जनात्मक खेलहरुमा सहभागिता पनि जनाएको थियो  ।
 बिरामी  काशीराज जोशीको लागि सहयोग रकम संकलन  
बहु-सांस्कृतिक मेलामा फेङथेक माइग्रेन्ट सेन्टर अन्तर्गत नेपाली समितिले  दक्षिण कोरियामा रहेका ब्रेन ट्युमरका बिरामी काशीराज जोशीको लागि सहयोगको अनुरोध  गर्दै  चन्दा संकलन  पनि  गरिएको  थियो l अरु तिब्र रुपमा अझ थप रकम संकलन गरेर  सहयोग रकम चाडैं नै बिरामी काशीराज जोशीलाइ हस्तान्तरण गर्ने जानकारी  फेङथेक माइग्रेन्ट सेन्टर ,नेपाली समितिका प्रमुख यादव खनालले दिए l
फेङथेक माइग्रेन्ट सेन्टर अन्तर्गत नेपाली समिति सन् २००५ मा स्थापना भएको थियो l आपत परेका नेपालीहरुलाइ सहयोग गर्ने उदेश्यले खोलिएको  नेपाली समितिमा काम छोडेका नेपालीहरुको लागि सेल्टरको ब्यबस्था पनि छ l सो नेपाली समितिले कोरियन भाषा सिकाउने ,नेपाली चाड दशैं मनाउने , नंया वर्ष मनाउने तथा बिभिन्न नेपाली संघ संस्थाहरु सित सहकार्य गर्दै  बिभिन्न कार्यक्रमहरु पनि गर्दै आइरहेको छ l

Related

korea 3907309672068461374

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item