पत्रकार महासंघ कोरिया शाखाको चुनौती l
https://nnkorea.blogspot.com/2013/05/l_31.html
खेम कार्की, कोरिया l
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा गठन भएको ७ वर्षमा यसले निकै आरोह आरोह पार गरिसकेको छ । नेपालको आधिकारीक शाखाको मान्यता पाएपछि यसले गर्नुपर्ने काम कर्तब्य र अधिकारको दायरा पनि फराकिलो भएको छ ।
यो सात वर्षको सेरोफेरोमा भएका समितिहरु
२००६ प्रवासी नेपाली पत्रकार संघको नामबाट डम्बर सुब्बाको संयोजकत्वमा तदर्थ समिति गठन ।
२००७ भुपेन्द्र खत्री अध्यक्ष(पहिलो अधिवेशन)
यहि समितिले नेपाल पत्रकार महासंघको शाखाको रुपमा आवद्ध हुने निर्णय ।
२००९ रघु त्रिपाठी अध्यक्ष (दोश्रो अधिवेशन )
२०११ खेम कार्की अध्यक्ष (तेश्रो अधिवेशन )
२०१३ अशोक मैनाली (चौथो अधिवेशन)
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको मे १९,२०१३मा भएको चौथो अधिवेशनले नया कार्यसमिति चयन गरेपछि यसको अगाडि धेरै काम र चुनौतीहरु देखिएका छन । अशोक मैनालीको अध्यक्षतामा बनेको कार्यसमितिले शाखालाई जिम्मेवारी बनाउन र अर्कोतिर कोरियाका मजदुर , विधार्थी, महिला , अल्पसंख्यक नेपालीका आवाज तथा परिवर्तर र विकासमुखी विचारले समाजलाई अगाडि बढाउने भुमिका खेल्नुपर्ने छ ।
तेश्रो समितिको कार्यकालभरी सहयोग गरी आपसी विश्वासको वातावरण सृजना गर्र्नेे सम्पुर्ण पत्रकारहरु तथा कार्यसमिति पदाधिकारी र तथा अन्य सहयोगी सामाजिक संस्थाहरुलाई धन्यवाद दिन चाहन्छु । यहीविचमा महासंघ कोरियाको प्रतिष्ठित संस्थाको रुपमा स्थापित भईसकेको छ । अहिले आएका केही फरक मतलाई पनि संस्थाले अध्ययन गरेर अगाडि बढे यसको प्रतिष्ठा घटने छैन ।
चौथो अधिवेशनको क्रममा उपस्थित संघ संस्थाका प्रतिनिधिले कोरियाका कडा परिश्रम विच समाजलाई सुसुचित गर्ने पत्रकारको भुमिकाको मुक्त कण्ठले प्रशंसा गर्नुका साथै उनीहरुले कामका तगारोहरु पनि औल्याईदिएका छन ।नेपाली समाजका विकृति र विसंगती संग लडदै आफूले अपनाउनुपर्ने आचार संहिता ,लेखकको लेखकीय अधिकार , छाडा शब्दको मनपरी प्रयोग गर्नेप्रति महासंघको ध्यानाकर्षण गराईएको थियो ।
अनलाईनमा देखिएको विकृति प्रति महासंघले के गर्दैछ भनि कोरिया शाखा संग जिज्ञासा राख्ने पत्रकार नै थिए भने हरेक कुराको प्रष्ट जानकारी मागेर उनीहरुले महासंघ जिम्मेवार हुनुपर्ने बताए ।
एन आर एन कोरियाका उपाध्यक्ष राजु क्षेत्रीले महासंघले अझै पनि पत्रकारहरुलाई कन्ट्रोल नगरेको जस्तो परेको बताएका छन । कुनै पनि समाचारले पार्ने प्रभावको आधारमा महासंघले नेतृत्वदायी भूमिका निभाउनुपर्ने उनको धारणा थियो ।
केही सुझाव र टिप्पणी सहित अधिकांशले महासंघको भुमिकाको प्रशंसा नै गरेका थिए । पत्रकारहरुले अझैपनि समाजका विविध विषयमा कलम चलाएर खबरदारी गर्नुपर्ने वक्ताहरुको धारणा थियो । कोरियाका विज्ञान राईको सहयोग लगाएतको विषयमा पुरा जानकारी आउनुपर्नेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएर पत्रकारले पनि खोजमुलक समाचार दिनुपर्ने उनीहरुको धारणा थियो ।
यसैविच यही विच गरिएको अन्तरक्रिया कार्यक्रममा दुतावासको भूमिका , मजदुरका समस्या, विज्ञान राईको सहयोग रकम व्यवस्थापन गर्न दुतावास लगायत संघ संस्थाले भुमिका खेल्नुपर्ने, दिलशोभा सम्मान कार्यक्रममा एन आर एन कोरिया मुक दर्शन बसेका जस्ता प्रश्नहरु पनि उठेका थिए । महासंघले पत्रकारको हक हित संगै नेपाली समाजका मर्महरुलाई पनि समेटन पत्रकारहरुलाई संगठित , मर्यादित र जवाफदेही बनाउनुपर्छ ।
नेपाल पत्रकार महासंघ कोरिया शाखा कोरियाको एक प्रतिष्ठित र जिम्मेवार संस्था हो । यो केन्द्रको आधिकारीक शाखा भएको हुदा हरेक कुरामा जिम्मेवार हुन पनि जरुरी छ । कोरियाका नेपाली समाजको प्रतिनिधित्व गर्दै उनीहरुका हरेक गतिविधि र कार्यहरुमा सहयोगी र निर्णायक भुमिका निर्वाह गर्दै आफैभित्र संगठीत हुनु अहिलेको आवश्यकता हो ।
कोरिया शाखाको चौथो अधिवेशन संगै आएका विभिन्न समाचारले कोरियाका नेपाली समाजको ध्यान खिच्नुको साथै अबको कार्यसमितिले के कसरी काम गर्ला भन्ने जिज्ञासा पनि पाइन्छ । कोरिया शाखा आफैमा जिम्मेवार , प्रष्ट र पारदर्शि हुदा हुदै केही व्यक्तिको विचारले समाजलाई अल्मल्याउन सक्दैन । किनकी अहिलेको समाज सत्य , तथ्य र आधारलाई हेरेर मात्र मुल्यांकन गर्ने अवस्थामा पुगिसकेको छ ।
कोरिया शाखाको चौथो अधिवेशनको वार्षिक प्रतिवेदनले महासंघको क्रियाशिलतालाई देखाएको छ । कोरियाको राजधानी देखि दोश्रो ठूलो शहर बुसान, तेश्रो ठुलो शहर थेगु क्षेत्रको पोहाङ, किम्हे लगायतको क्षेत्रका नेपालीमाझ महासंघले अन्तरक्रिया र विविध कार्यक्रम गरी राजधानी मात्र हैन सबै क्षेत्रका नेपालीहरुको आफ्नो संस्था हो भन्ने बाटोमा महासंघ अगाडि बढेको छ । सउल केन्द्रीत मात्र कार्यक्रम नगर्दा केही केन्द्रमुखी व्यक्तिहरुले त केही नदेख्लान तर कोरियाका विभिन्न ठाउमा बसेका नेपालीले त्यो बुझदै गएका छन भने अझै विभिन्न ठाउमा पुगी कोरियाका २० हजार नेपालीले आफ्नो संस्था भनेर अनुभुती गर्ने तर्फ महासंघ लाग्नुपर्छ । यसका लागि जति पत्रकारहरु सक्रिय हुन्छन महासंघ त्यतिनै बलियो हुन्छ ।
यसैगरी महासंघले आर्थिक प्रतिवेदन प्रष्ट रुपमा अधिवेशनमा प्रस्तुत गरी जिज्ञासाको सामाधान गरी पास समेत गरेको थियो । अन्य संस्था जस्तो अधिवेशनमा मात्र पेश नगरी विचको समयमा पनि संस्थाले आफ्नो विवरण मिडिया मार्फत नै सार्वजनिक गरेको थियो भने साधारण सभाको बेला समेत आफ्नो सदस्यहरुलाई आर्थिक अवस्थाको बारेमा प्रष्ट पारेको थियो । विभिन्न भेला र साधारण सभामा उपस्थित नहुनेलाई यसबारेमा अवगत नहुनुलाई नौलो मान्ने कुरा पनि भएन । यसले कोरियाका सम्पुर्ण संघ संस्थालाई एकै चोटी अधिवेशनमा मात्र नभई कम्तीमा वर्षको एक पल्ट आर्थिक अवस्था सार्वजनिक गर्न झकझकयाउने आधार बन्छ । जसको शुरुवात पत्रकार महासंघले आफैबाट गरिसकेको छ । यसैगरी हरेक वर्षको साधारण सभामा र साधारण भेलामा उपस्थितहरु माझ आफ्नो आर्थिक अवस्थामा प्रष्ट पार्ने हो भने यसले कसैमा शंका रहदैन र चौथो अधिवेशनको वार्षिक विवरण सम्पुर्ण रेकर्ड सहित प्रस्तुत भएको हुदा दुई वर्षको कार्यकालमा हिसाव विवरण सर्वसम्मत पास पनि भयो ।
बाकी रहयो दोश्रो कार्यसमितिले नै पेश नगरेको हिसाव विवरण जुन कुरालाई अहिलेको समिति र निवर्तमान कार्यसमिति संग यर्थात नबुझि बाहिर ल्याउने काम भयो त्यसले केही अन्योल सिर्जना गर्न सक्छ । यसमा पहिलो कुरा त गलत सूचनालाई आधार बनाइएको छ । जसमा धेरै तथ्यहरुलाई लुकाएर भ्रम छर्ने कोशिष भएको छ । जसमा मैले सम्बन्धित अनलाईन र व्यक्तिहरुलाई तत्काल खण्डन पठाइसकेको छु तर कम्तिमा त्यो खण्डन समेत नछापेर एकतर्फि ढंगले प्रस्तुत भएकोमा मलाई दुःखी बनाएको छ ।
एक लेखका प्रतिकृयाको क्रममा निर्वतमान कोषाध्यक्ष पुष्प लामिछानेले भनेका छन “ कार्यसमितिको विघटन पश्चात तेश्रो कार्यसमितिलाई संघको हिसाव बुझाउदा ३५००० वन घाटा देखाएका छन , दोश्रो कार्यसमितिले ट्राभल्स एजेन्सीलाई तिर्न बाकी रकमको बारेमा कहि कतै उल्लेख गरिएको थिएन ।..यदि कुनै साथीले भ्रष्टाचार गरयो भनेर आवश्यक कागजात बटुली प्रमाणित गरिदियोस हामी जुनसुकै सजाय भोग्न र क्षतिपूर्ति दिन तयार छौं” ।
यता ट्राभल्स एण्ड टुर्सका संचालक केपि सिटौलाले मेरो समेत मान हानी हुनेगरी “ आर्थिक अपारदर्शिताको पोल खुल्ने डरले अधिवेशनमा पेश नगरेको कारण छलफलमा आउन नपाएको ” भनेका छन । उनको आफ्नो भनाइको मार्फतबाट मर्यादित संस्थामाथि गरेको अपमानको सार्वजनिक खण्डन गरेनन । तर जिज्ञासा राख्दा आफूले संस्थाको आर्थिक विषयमा नबोलेको भनेका छन । उनको यो दुई समाचारमा आएको दोहोरो कुरामा कुनलाई सहि मान्ने ?
अब कुरा आयो दोश्रो कार्यकालको यसको दोश्रो कार्यसमितिका कोषाध्यक्ष गिरिराज कुँवरले समेत यसको विषयमा आफूलाई थाहा नभएको बताएको कुरा भनिरहदा यस विषयलाई कुन रुपमा लिने ?
दोश्रो अधिवेशनमा लागि अहिलेका अध्यक्ष पदका उम्मेदवार मिन प्रकाश उप्रेती स्वयं पनि अध्यक्ष पदका नै उम्मेदवार हुन । सो अधिवेशनमा अगाडिको कुरा भनेर ल्याइएको यो विषय के कतै त्यो अधिवेशनमा उल्लेख थियो ? थिएन ।
चौथो अधिवेशनको एक दिन अगाडिसम्म तेश्रो कार्यकाल स्वर्णयुग भन्नेहरु अकस्मात कसरी भाका बदल्न पुगे । यसको लक्षण बुझ्न जरुरी छ ।
दोश्रो कार्यकालको कुरा ल्याएर अहिलेके कार्यसमितिमा जोडिने आधार नै थिएन किनकी त्यो विषयको समाधानको कुरा बाहेक आर्थिक विषय अहिलेको कार्यसमिति संग सम्बन्धित नै छैन ।
दोश्रो अधिवेशनको पछिको आर्थिक पर्छयौटको क्रममा कहि कतै यस विषयमा कुरा उठेको छैन । दाश्रो कार्यसमितिका समयमा नै कुनै आर्थिक हिसाव बाकी नरहेको भने पहिलो कार्यसमितिका कार्यवाहक अध्यक्ष रघु त्रिपाठीले स्वयंले भनेको कुरा आधार मान्ने हो भने दोश्रो कार्यसमितिपछि पनि शाखामा कुनै पुरानो वक्यौता बाकी नै छैन । निवर्तमान कोषाध्यक्ष पुष्प लामिछानेले प्रस्टाएझै तेश्रो अधिवेशनमा कोषाध्यक्ष गिरिराज कुवँरले पेश गरेको आर्थिक प्रतिवेदनमा पनि यसको बारेमा उल्लेख गरेका छैनन ।
अब तेश्रो अधिवेशनमा नेपाल टुर एण्ड ट्राभल्सका के पि सिटौलाले कराएको आवाज किन सम्बोधन भएन रे ? यो प्रश्नको उत्तरमा तेश्रो अधिवेशनमा उपस्थित कस कसले चासो राख्यो त ?
अहिले थाहा नै नपाएको जस्तो गरि पुरानो कुरालाई एउटा पूर्व नियोजित पत्रलाई आधार मानेर भन्नु त्रुटिपुर्ण त छदैछ । विषयको पुरा विवरण नराखिएको पत्र आफैमा गलत छ ।
विषय उठाइएको जस्तो यसको बारेमा कुनै पहल नभएको होइन ।यस विषयमा शाखाको पदाधिकारीसंगको छलफलमा यस विषको कुनै आधार भेटिएन । यति सम्मकि भुपु अध्यक्ष रघुत्रिपाठी र केपि सिटौलालाई एकैठाउमा राखी वार्ता । पूर्व उपाध्यक्ष पुरु जोशीबाट ९ लाखको मात्र कारोबार भनेर आउने कोषाध्यक्ष गिरिराज कुँवरले विषयको बारेमा जानकारी छैन भन्नु । यसको बारेमा शाखाको तर्फबाट थप अध्ययन गरी विदेश विभाग प्रमुख मातृका पौडेल मार्फत केन्द्रमा जानकारी पठाएको हो । उनै मार्फत केन्द्रमा समेत यस विषयको जानकारी नदेखिदा शाखाले जिम्मेवारी लिने आधार छैन भनेपछि म आफैले निज टुर्सका संचालक के पि सिटौलालाई यस बारेमा सम्बन्धित दुई पक्ष नै प्रष्ट हुन पत्राचार गरेको थिए । त्यसको शाखासंगको कुनै आधार नभएको भनि दुई पक्षलाई प्रष्ट हुन लिखित मेल समेत पठाइसकिएको हो । तर यसबारेमा कहि कतै उल्लेख नगरी अन्तिम समयमा मेल लेखि जानकारी समेत नगराई पछि अधिवेशन पश्चात सम्बन्धित व्यक्तिसंग समेत नबुझि भ्रम छरेर पत्रकार महासंघ कोरिया शाखा र मलाई समेत विवादमा मुछने दुष्प्रयास भएको छ ।
कसैलाई पनि घाटा नहोस भन्ने हाम्रो चाहना हो । हामीले पदाधिकारी र केन्द्रमा मात्र नभई निज सिटौलालाई समेत उत्तर पठाएको विषयमा उल्टै आश्वासन पाएको भन्नु नाजायज हो ।
दोश्रो र तेश्रो मा पेश नै नभएको एक वर्षको वाार्षिक हिसावमा शाखा अध्यक्षको हैसियतले म आफैले पत्र पठाइसकेको विषयलाई अधिवेशनमा आएन भन्नु तर्क संगत छैन । यही विषयमा अनियमितता देख्नु त झन मान हानी गर्ने प्रयास मात्र हो ।
मेरो नाम समेत जोडिएको विषयलाई खण्डन गर्नु र सही सत्य जानकारी गराउने मेरो दायित्व हो । जुन मिडियामा समाचार आयो खण्डन त्यसैमा गर्नुपर्ने सामान्य नियम पनि पुरा नगर्दा मैले यसबारेमा छुट्टै विचारमा खुलाउन बाध्य भए जवकी शाखाको पुर्व विवरण थाहा भएको अनुसार यसको विषय उठान गर्ने ठाउमै मैले तत्काल खण्डन पठाएको थिए । यसमा निज सिटौला केही समय अरुमा समेत भ्रम र्छन त सफल भए । तर गलत सूचनालाई मात्र आधार मानेर यथार्त बुझ्न नचाहने संग त दया मात्र लाग्यो ।
अब विषयका पात्र, सुचना दिने र सूचनालाई आधार बनाउने तिनवटै पक्षको बारेमा सत्य तथ्य बुझ्नु कोरिया शाखाको दायित्व हो । नेपाल पत्रकार महासंघ केन्द्रलाई समेत सहभागितामा यसको सत्य तथ्य छानविन गर्नुपर्छ । महासंघले यो काम गर्नेभएपछि अरुले यसमा अल्झिने कुरै आउदैन ।
महासंघको विषय भनेको समग्र कोरियाको पत्रकारहरुको मुद्धा हो अनि सम्बन्धित पक्षसंग यसको बारेमा विस्तृत अध्ययन भएका पुरानो कार्यसमितिले छलफल पछि पठाएको पत्र र अध्ययन गरेको विषयमा थप खोजविन गर्न सकिन्छ ।
हरेक फरक विचार र विषयलाई आपसी छलफलबाट समाधान गर्नु उत्तम हुन्छ ।कोरियामा रहेका पुरानो तथा नया पत्रकारहरु पुरानो तथा नया कार्यसमितिका पदाधिकारीहरु बसेर यस्ता विषयहरुको निचोड निकाल्नुपर्छ । कोरियाको नेपाली समाजप्रीत यहाका पत्रकारहरुको जिम्मेवारी र दायित्व धेरै छ यसर्थ एक अर्काविच समन्वय गरी हरेक समस्यासंग एकजुट भएर जुध्नु अहिलेको आवश्यकता हो । कुनै संस्था र व्यक्तिको विचारको आधारमा एक अर्काप्रति अविश्वासको खाडल बढन दिनु हुदैन । यसको बारेमा आपसी बहसले यर्थात कुरा बाहिर आइहाल्छ । महासंघको आफ्नै निती नियम र आचारसंहिता छ यसको बाहिर कोहि गए हामी सबै सजायको भागीदार हुनैपर्छ । नेपाल पत्रकार महासंघ कोरिया शाखा प्रति कोरियामा रहेका हरेक पत्रकारहरुको लगानी र माया छ । अवको कार्यसमितिले हरेक फरक विचारलाई सम्मान गर्दै , खराब गर्नेलाई दण्डित गर्दै महासंघलाई शशक्त ढंगले अगाडि बढाइ कोरियका नेपालीका समस्या र अभियानमा नेतृत्वदायी भुमिका खेल्नुपर्छ ।
(लेखक नेपाल पत्रकार महासंघ कोरिया शाखाका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष हुन ।.)

Post a CommentDefault CommentsFacebook Comments