कोरियाली भाषा परीक्षा अक्टुवरमा हुने l

काठमाण्डौं । 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार लैजान लिने कोरिया भाषा परीक्षा -केएलटी) अक्टुबरमा गर्ने तयारी गरेको छ । कोरियाले यस बर्षको भाषा परीक्षामा करिब ८ हजार २ सय नेपालीलाई उत्तीर्ण गर्ने भएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा कोरिया मानब संसाधन विकास (एचआरडी) ईपीएस सेन्टर नेपालका निर्देशक लि दोङ सिर्कले यस बर्षको कोरिया भाषा परीक्षा अक्टुबरमा गर्ने तयारी भइरहेको जानकारी दिएको खबर कारोबार दैनिकले छापेको छ । ‘मे २१ तारिखमै भाषा परीक्षा गराउने गरी मिति तोक्ने तयारी थियो,’ उनले भने, ‘तर, नेपालको श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले धेरै कामदार कोरिया जाने योग्यसूची (रोस्टर) मा रहेकाले अहिले नगर्न आग्ह गरेपछि केही समय धकेलिएको हो ।’
अक्टुबरमा भाषा परीक्षाको तयारी भएको भन्दै निर्देशक सिर्कले श्रम मन्त्रालयसँग छलफल गरेर मिति तय गरिने जानकारी दिए ।

Related

korea 1394141995998805854

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item