बिहे गरेर कोरिया जानेले पनि भाषा परीक्षा पास गर्नै पर्ने l
https://nnkorea.blogspot.com/2013/05/l_3491.html
मीनप्रकाश उप्रेती -सउल, दक्षिण कोरिया ।
वैवाहिक समन्ध कायमगरि कोरिया आउन चाहने बिदेशीहरुले कोरियन भाषा परीक्षा अनिवार्यरुपमा पास गर्नु पर्ने भएको छ। कोरियाको न्याय तथा मानव संसाधन मन्त्रालयले यसै साता एक विज्ञप्ति प्रकाशित गरी आगामी बर्षदेखि यस्तो नियम लागू गर्न लागिएको जानकारी दिएको हो ।
नयाँ नियमअनुसार बिबाह गरेर ल्याउने कोरियन नागरिकले आफ्नो आयस्रोत पनि देखाउनु पर्ने भएको छ । आय स्रोत कम्तीमा पनि ११ लाख कोरियन वन प्रतिमहिना हुनु पर्ने छ । भाषा परीक्षाका लागि तय गरिएको मापदड पुरा नगरेमा पुनः ६ महिनापछि अर्को परीक्षामा सहभागी हुन पाउनेछन् । बिदेशिहरु भाषाकै कारणबाट अपमानित र पीडित भएको गुनासो आएपछि उक्त नियम लागू गर्ने व्यवस्था कोरियन सरकारले गर्न लागेको हो । हालसम्म बैबाहिक भिषामा कोरिया आउन कुनै सर्त थिएन् ।
नेपालबाट पनि सयौँको संख्यामा नेपाली चेलीहरु कोरियन नागरिकसँग बिबाह गरेर दक्षिण कोरिया आउने गरेका छन् । कतिपय साँच्चै बिबाह गरेर आएपनि अधिकांश भने कोरिया छिर्नकै लागि नक्कली बिबाह गर्ने गर्छन् । जसका कारण कोरिया आएपछि उनीहरुले बिबाह गरेर ल्याएको पुरुषको यातना सहनुपरेको गुनासो नेपाली राजदूतावासमा आउने गरेका छन् ।

Post a CommentDefault CommentsFacebook Comments