दक्षिण कोरियाली शिशु जन्माउन छाडे l
https://nnkorea.blogspot.com/2013/05/l_28.html
सोल (सिन्ह्वा)l
दक्षिण कोरियामा जन्म दरमा लगातार कमी आएको पछिल्लो अध्ययनले देखाएको छ । ढिलो विवाह र विवाहपछि पनि बच्चा जन्माउन गरिने रोकथामका उपायहरूका कारण शिशु जन्म दरमा कमी आएको सरकारद्वारा सोमबार प्रकाशित तथ्यांकमा जनाइएको छ । गत मार्चमा दक्षिण कोरियामा ३८ हजार ८ सय बच्चाको जन्म भएको सरकारी तथ्यांकमा भनिएको छ । यो गत वर्षको तुलनामा १०.२ प्रतिशतले घटेको छ । त्यसैगरी यस वर्षको सुरुको तीन महिनामा ६.४ प्रतिशतले जन्म दरमा कमी आएको छ । यो संख्या गतवर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले कम हो । ढिलो बिहे गर्नु जन्मदरमा कमीका कारण भएको मानिएको छ ।
साभार : कान्तिपुर l

Post a CommentDefault CommentsFacebook Comments