कोरियामा जिवनमरणको दोसाँधमा काशिराज l
https://nnkorea.blogspot.com/2013/05/l_5047.html
मीन प्रकाश उप्रेती -सउल ,दक्षिण कोरिया l
परिवारलार्इ खुशी र सुखि राख्ने ठूलो सपना बोकेर रोजगारीका लागि दक्षिण कोरिया आएका दार्चुला धापा ९ का ३२ वर्षीय काशिराज जोशी बिदेशिएको दुई महिना बित्न नपाउँदै जीवन मरणको दोसांधमा परेका छन् । मजदुर भिषामा कोरिया प्रवेशका लागि भाषा परीक्षा उतिर्ण हुंदा सारै खुसी थिए अझ मेडिकल पास भएर कोरियाको लागि कम्पनीबाट नाम आएपछि त उनमा हर्षको सिमा नै रहेन तर ती खुसीहरू कोरिया प्रवेश गरेको दुई महिना बित्न नपाउँदै अचानक निराशामा परिणत भईदियो
धेरै पैसा कमाई परिवारलाई सुखी राख्ने सपना बोकेर दुई वर्ष अघि कोरिया प्रवेश गरेका जोसी केही महिना बित्न नपाउँदै सामान्य टाउको दुखेका कारण दुई दिन काममा जान सकेनन् । प्राथमिक औषधी उपचार हुँदा हुँदै उनी एक दिन अचानक बिहोस हुन पुगे । उनलाई कम्पनीको सहयोगमा तत्काल हस्पिटलमा लगियो र बिमार के रहेछ भन्ने बारेमा अनुसन्धान सुरु भयो। करिब दश दिनको अनुसन्धान पछि थाहा भयो उनलाई ब्रेन टुयुमर भएको रहेछ । उपचारका लागि करिब दुई करोड कोरियन लाग्ने हस्पिटलले बताएपछि उनीमा झन अर्को पीडा थपियो । हस्पिटलले रकम जम्मा गरेपछि मात्र उपचार हुने बताउँदै रोक थामको ओषधि दिएर बिदा गर्यो । उता कम्पनिले भने यति ठुलो रकम लाग्ने भएपछि दिन अस्वीकार गर्दै कामबाट निकाली दियो । बिमारीले भैतारिएका काशिराजलाई सडकमा बेवारिसे अवस्थामा रामे छापघर भएका बुद्ध गैातमले भेट्टाई सउलस्थित अमि चर्चमा पुर्याई दिएका थिए । अहिले काशिराज आर्थिक अभावका कारण ब्रेन टयुमरलाई निको पार्न सोही चर्चमा प्रथना गरिरहेका छन् ।
बिमारले थलिएका काशिराजले समयमा कम्पनी खोज्न नसकेपछि हाल उनी अवैधानिक भएका छन् । अनलाइनखबरसंगको कुराकानीमा काशिराजले म बाँच्न चाहान्छू, म सकुशल घर फर्कन भन्दै भावबिहलरुपमा आफ्ना वेदना सुनाएका थिए । नेपाली दूतावास कोरियाले काशिराजलाई बचाउन सक्दो पहल गर्ने बताएको छ । राजदूत कमानसिंह लामाले आफूलाई उक्त कुराको जानकारी आई सकेको बताउँदै सहयोगको लागि के गर्न सकिन्छ पहल गर्न श्रम सहचारी अनिल गुरुङलाई निर्देशन दिइसकेको वताउनुभयो ।
उता श्रमसहचारी अनिल गुरुङले आफूले बिमारीसँग भेट गरिसकेको जनाउँदै अवस्था नाजुक देखिएको हुँदा तत्काल आर्थिक संकलनका लागि दूतावासबाट गर्न सक्ने कामका लागि आफू तयार रहेको बताउनु भएको छ । यसैगरी काशिराज बचाउ समितिका संयोजक बुद्ध गौतमले सहयोगका लागि पहल गरिदिन एन आर एन र नेपाली सम्पर्क समिति कोरिया लगायत सबैसँग अपिल गर्नु भएको छ ।

Post a CommentDefault CommentsFacebook Comments