म्याग्दी रनिङ कप २०१३ को टाईशीट तयार l


२०१३ जुन २ तारिख आईतबारको दिन म्याग्दी रनिङ कप २०१३ को आयोजना भब्य तयारीका साथ माङवलसामा सम्पन्न हुंदै छ । प्रतियोगितामा सहभागि हुन हिजो २६ तारिख आईतबारको दिन सहभागि हुन चाहने संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा टाईशीट तयार गरिएको छ । आयोजनामा कूल १४ टीमले सहभागिता जनाएका  छन । आयोजनाको पहिलो खेल म्याग्दी समाज समिति र एम टी यु बिच प्रतिष्प्रर्धा हुने छ भने पहिलो चरणमा वाईमा परेका एन आर एन र म्याग्दी समाज बी टीम क्रमशः सातौ र आठौ खेल खेल्ने छन । गत बर्षको म्याग्दी रनिङ कप बिजेता एम टी युले यसपालि ग्राउण्डमा क्रमै संग तीन जना मात्र प्रतिष्प्रर्धामा उतार्न पाउने छ । तर कूल नौ जना मध्य छ जना सम्म नेपाल बाहेकका अन्य बिदेशी खेलाडीहरुको नाम दर्ता गर्न पाउने छ । आयोजनामा समयको अभावलाई मध्यनजर गर्दै पहिलो चरणको छैठौ खेल सम्मका सबै फाईनल खेल १५ मा अन्त हुने छ ।

Related

korea 2277424010007666135

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item