कोरियामा नेपाली जनसम्पर्क समिति ओइजम्बुको क्षेत्रीय अधिबेसन सम्पन्न l

सुर्य  क्षेत्री, दक्षिण कोरिया - 
संबिधानसभा र संघिय लोकतान्त्रिक संबिधानको सुनिश्चितता नेपाली जनसंपर्क समिती दक्षिण कोरियाको प्रतिबद्धता भन्ने मुल नाराका साथ नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको क्षेत्र नम्बर २ ओइजम्बुको क्षेत्रीय अधिबेसन सम्पन्न भएको छ ।
उक्त क्षेत्रको सभापति चिरन कार्कीको सभापत्तिव तथा जनसम्पर्क समितिको सभापति गंगा थापा श्रेष्ठको प्रमुख आतित्थ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सभापति थापाले बिगत देखि यहाँ सम्म आइपुग्दा आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कार्यहरुको संक्षिप्तरुपमा जानकारी गराउदै सबै एकजुट भएर क्षेत्र हुदै केन्द्रिय महाधिबेसन सम्पन्न गरि कोरियाबाट आफ्नो पार्टी नेपाली काँग्रेसलाई एकताको सन्देस प्रवाह गरि आसन्न संबिधान सभाको निर्वाचनमा पार्टीलाई एकढिक्का भएर मूल एजेन्डा सहित जनताको बिचमा जान प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा उपाध्यक्ष्य द्वय नबराज सिवाकोटी, आनन्द गुरुङ महामन्त्री प्रकाश खनाल सह-महामन्त्री गणेश तिमल्सिना,  सल्हाकार - श्री राजन श्रेष्ठ, संघठन बिभाग प्रमुख मणि चन्द्र चेम्जोङ्ग, अनुसासन  बिभाग प्रमुख तारा बा. केसी प्रेस बिभाग संयोजक सुर्य क्षेत्री केन्द्रीय  सदस्यहरु, लक्ष्मन भंतना, आस्था बिन्दु मल्ल, प्रदिप पराजुली, नबिन कार्की इन्छन क्षेत्रीय सभापति प्रकाश ओली लगायत्ले आ-आफ्नो मन्तब्य दिनुभएको थियो भने अन्य नेपाली काँग्रेस प्रति आस्थावान लोकतन्त्र प्रेमी महानुभाबहरुको गरिमामय उपस्थितिमा तपसिल बमोजिम १३ सदस्यीय क्षेत्रीय कार्यसमिति तथा नौ (९) सदस्यीय महाधिबेसन प्रतिनिधि निर्बिरोध निर्वाचित भएको उपसभापति नबराज सिवाकोटीले जानकारी दिनु भयो ।

तपसिल :-
क्षेत्रीय कार्यसमिति:- 
सभापति -सुवास सिंह 
उपसभापति -गोमा सापकोटा 
सचिब -भिमराज चेम्जोङ्ग 
स-सचिब -बलराम सापकोटा 
कोसाध्यक्ष -कृष्ण क्षेत्री 
सदस्यहरु :- 
१.मिठु शाही २.लोकेन्द्र क्षेत्री ३.गणेश खत्री ४.नबराज भट्ट ५.मान बहादुर कार्की ६.अनिल पौडेल ७ .डिल्ली दाहाल ८.डिक बहादुर चेम्जोङ्ग 
महाधिबेसन प्रतिनिधिहरु :=
१.सुवास सिंह २.गोमा सापकोटा ३.भिमराज चेम्जोङ्ग ४.गणेश खत्री ५.बलराम सापकोटा ६.लोकेन्द्र क्षेत्री ७.प्रेम शाह ८.यदु लामिछाने ९.डिल्ली दाहाल 
सल्हाकार सदस्यहरु 
१. चिरन्जिबी कार्की २. यदु लामिछाने ३. प्रेम शाह ४. मानध्वज राई
यसरि जनसम्पर्क समिति कोरियाको सन२०१३-५-१९ को केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम क्षेत्र नम्बर ४ आन्सान /सुवन को क्षेत्रीय अधिबेसन तपसिल बमोजिम हुने शह-महामन्त्री गणेश तिमल्सिनाले जानकारी गराउनु भयो l 
तपसिल :-
मिति- २०१३-६-२
स्थान -आन्सान स्टेसन अगाडी माईग्रेंट सेन्टर 
समय :-बिहान ठिक ११;३० बजे 
सम्पर्कको लागि केम्द्रिय प्रतिनिधि हरु 
१ आनन्द गुरुङ -०१०६४०९४७८६
२ गणेश तिमल्सिना -०१०२३५८१६७५ 
३ राजेश लामा -०१०२५६२२०९३   

Related

korea 3461448003176618109

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item