दक्षिण कोरिया पत्रकार महासंघ शाखामा मैले जे देखे l

अर्जुन बराल ,दक्षिण कोरिया l
सामान्यतया राज्यको तीन अंग कार्यपालीका,न्यायपालीका र ब्यबस्थापीका अर्थात बिधानपालीका प्रति वाच डगको भुमिका गर्ने भएकाले नै पत्रकारितालाई चौथो अंगको रुपमा प्रस्तुत गरिन्छ जसले हरेक क्षेत्रलाई ख्याल गदै सत्य तथ्य समाचार सम्प्रेक्षण गर्नु उसको दायित्व हुन्छ ।
हालै सोसल मिडिया मा पहिलो समाचार नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको दोस्रो अधिबेशनमा नेपाल पत्रकार महासंघका तत्कालीन केन्द्रिय अध्यक्ष धमेन्द्र झा काठमाण्डौ—कोरिया देखि कोरिया — मलेशिया — काठमाण्डौ सम्म जाँदाको हवाई भाडा बापतको टिकट रकम १९ लाख ५० हजार वन मध्ये नेपाल टुर एण्ड ट्राभल्स लाई हालसम्म पाँचलाख वन मात्र उपलब्ध गराई बाँकी १४ लाख ५० हजार वन नगराईएको र तेस्रो अबिधेशन बाट निर्बाचित कार्यसमिति पूर्ण भष्ट्रचारमा डुबेको आरोप सहितको समाचार बाहिर आयो भने दोस्रो समाचार पत्रकार महासंघ दक्षिण कोरिया शाखाको चौथो अधिबेशन बिबादै बिबाद बिच सकिएको,  पत्रकार महासंघको बैदेशीक नियमावलीको दफा १२ को ”क” अनुसार अशोक मैनालीले अध्यक्ष पद को लागि गरिएको दाबी बदर गरि पाउँ भनी निर्बतमान पार्शद सन्तोष श्रेष्ठले दिईएको 
लिखित उजुरी माथि छानबिन गर्न अनुरोध चलिरहेको अबस्थामा चुनाबी प्रक्रिया अघि बढाएर बिबाद चर्किएको, महासचिब ओम शर्माले भिषा अबधीको कुरा निकाल्दै मिन प्रसाद उप्रेती प्रति खन्निएको र ओम शर्माले अशोक मैनालीको बचाउँ गरेको भन्ने समाचार प्रति अचम्म लाग्यो ।
सत्य रहेछ पत्रकार महासंघको दोस्रो अधिबेशनमा अतिथिको रुपमा तत्कालीन अध्यक्ष धर्मेन्द्र झा कोरिया आउँदाको हवाई टिकट भाँडा नेपाल टुर एण्ड ट्राभल्स लाई तिर्न बाकी १४ लाख ५० हजार वन । यसबारेमा नेपाल टुर  एण्ड ट्राभल्सले बेलाबेलामा सम्बन्धीत निकायलाई लिखित एंवम मौखिक जानकारीबाट आफनो बक्यौता रकम चुक्ता गर्न ताकेता गरेको पनि । यसबारेमा दोश्रो कार्यकालको कोषाध्यक्ष गिरिराज कुँवरले किन उल्लेख गरेनन ? 
यसबारेमा मैले निर्बतमान कोषाध्यक्ष पुष्प लामिछानेलाई सम्पर्क गरि यत्रो समयसम्म पनि किन नेपाल टुर एण्ड ट्राभल्सको बक्यौता रकम नतिरेर सम्मानित संघको गरिमालाई भष्ट्रचारी संस्था बनाउनु भयछ नी भन्दा उहाँले यसबारेमा प्रष्ट पादै दोस्रो कार्यसमितिको बिघटन पश्चात तेश्रो  कार्यसमितिलाई संघको हिसाब किताब बुझाउँदा ३५००० वन घाटा देखाईएको थियो ।   दोस्रो कार्यसमितिले ट्राभल्स एजेन्सीलाई तिर्न बाँकी रकमको बारे मा कहि कतै उल्लेख गरिएको थियन पछि ट्राभल्स एजेन्सीका ब्यबस्थापकको ताके ताले बुझदै जाँदा केहि रकम पत्रकार महासंघ मलेसियाको शाखाले उपलब्ध गराउने 
 सर्तमा कोरिया देखि मलेसियासम्मको टिकट निर्धारण गरिएको रहेछ तर कारणबश नेपाल पत्रकार महासंघ मलेसिया शाखा भताभुङ्ग भएको र सो रकम प्राप्त नभएकोले चुक्ता गर्न ढिलाई भएको हो र यदी कुनै साथीहरुले तेस्रो कार्यसमितिले भष्ट्रचार गरयो भनेर आबश्यक कागजात बटुली प्रमाणीत गरिदियोस हामी जुनसुकै सजाय भोग्न र 
क्षतीपूर्ती तिर्न तयार छौ भन्ने जवाफ दिनु भयो भने नेपाल टुर एण्ड ट्राभल्सका ब्यबस्थापक के.पि. सिटौलालाई नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखामा आर्थीक अनियमिता भएर पो रहेछ बक्यौता रकम तपाईलाई उपलब्ध नगराईएको 
भनेर सम्पर्क गरेर सोध्दा आर्थीक अनियमितता मैले भनेको छैन र भन्ने अधिकार पनि आफुलाई नभएको र यसबारेमा दोस्रो कार्यसमितिले मिलाउनु पर्ने हो उसले मिलाएन तेस्रो ले त मिलाउँनु परयो नी । यसरी नै आलटाल गरे कहिले सम्म म मागे र हिडु ? त्यसैले जिम्मेबार ब्यक्तिबाट समस्याको समाधान निकालीयोस भन्ने मेरो धारण हो भन्ने जवाफ दिनु भयो ।
अब प्रसंग उठ्छ तेस्रो कार्यसमितिमा जो जो ब्यक्तिहरु हुनुहुन्थ्यो उहाँहरुले चौथो अधिबेशन हुनुपुर्ब किन पहिलाको हवाई टिकट बापतको बक्यौता रकम ट्राभल्स एजेन्सीलाई भुत्तानी नगरी चौथो अधिबेशनको मिती तय गरि महासंघका 
महासचिब ओम शर्मालाई निम्त्याईयो ? यदि पत्रकार महासंघ तेस्रो कार्यसमितिमा यो समस्याको पहिलानै समाधान नगर्नुमा “रसाउने ताउलामा बसाउने भातको बाफ” लागेको त होईन भनेर बुझन सकिन्न र ? यसबारेमा खेम कार्की, पुष्प लामिछाने ले मात्र होईन चौथो अधिबेशनबाट निर्बाचित अध्यक्ष अशोक मैनाली सन्तोष श्रेष्ठ र मिन प्रसाद उप्रेतीले पनि जवाफ दिनु जरुरी छ किनकी उहाँ तेस्रो कार्यसमितिमा केन्द्रिय पार्शदहरु हुनुहुन्थ्यो अन्यथा हामी नयाँ सदस्यता लिएका साथीहरु यस संस्थामा नाक फुलाएर बस्नुको औचित्य हुँदैन यस बारेमा उहाँहरु सबैले सोच्न जरुरी छैन र ?

नेपाल पत्रकार महासंघको चौथो अधिबेशन बिबादै बिबादमा सकियो रे ? अचम्म लाग्छ  यसबारेमा अधिबेशन स्थलमा म पनि थिय खोई बिबाद भएको मलाई थाहा छैन् बरु सह–सचिब पदको लागि मित्र जगदीश महरा, सुरज गुरुङ्ग र म प्रतिद्धन्दी थियौ यसबारेमा सहमति खोज्न निर्बाचन मण्डलले खेम कार्की र देबेन्द्र सम्बाहाम्फे लाई जिम्मा दिइएको थियो पछि हामीहरुको आपसी समझदारीमा सुरज गुरुङ्ग सदस्यमा रहनु भयो भने मेरो अनुरोध र खेम कार्की, देबेन्द्र सम्बाहाम्फेको  सल्लाह पश्चात जगदीश जि ले छोडीदिनु भयो । त्यस्तै सचिब मा पनि सहमतीय आधारमा बिशाल गहतराज जी आउनु भयो भने उपाध्यक्षमा सहमतीकै आधारमा दुईजना उम्मेदवार बीरेन्द्र सुनुवार र किशोर कोईराला निर्बाचीत हुँनुभयो बरु अध्यक्ष को लागि मिन प्रसाद उप्रेती र अशोक मैनालीको बीचमा सहमती हुँन नसकेपछि निर्बाचनको बाटो अबलम्बन गरिएको थियो जसमध्ये अशोक मैनाली ले अत्यधीक मत ल्याई बिजय हुँनु भएको हो । 
तर समाचारमा के उल्लेख गरिएको छ भने ओम शर्माले अशोक मैनालीको बचाउँ गरेको कुरा, खोई यसबारेमा केही  देख्खीएन् बरु भिषाको बारेमा भिषा अबधी छैन् भने दुबैले बिचार गर्नुहोस् र उम्मेदबार नबन्दा राम्रो भन्ने सम्म कुरा उठेको हो र सदस्यता स्थानन्तरणको बारेमा मिन प्रसाद उप्रेती र ओम शर्मा  बीचमा सामान्य सटीक सवाल जवाफ भएको पनि साँचो हो तर मिन प्रसाद उप्रेती प्रति ओम शर्मा खन्निएको त्यहाँ मैले देखिन् ।
अर्को प्रशंग निर्बतमान पार्शद सन्तोष श्रेष्ठ ज्यू ले लिखित उजुरी हाल्नु भएको भनेर मैले समाचारमा आएपछि मात्र थाहा पाँए यदि उजुरी परेको भए मैनाली र उप्रेतीको बीचमा सहमती हुँन नसक्दा मैनाली प्रती परेको बदर उजुरीका आधार
मा स्वत मिन प्रसाद उप्रेती निर्बाचित हुँनुहुँन्थो यसबारेमा म आफैै पनि अशोक मैनालीको उम्मेदबार बदर को माग गदथे तर यो कतै उल्लेख भएन । यसबारेमा मलाई अनौठो लाग्यो र निर्बाचन मण्डलमा रहनु भएका मनोज कार्की सँग सम्र्पक 
गरि लिखित उजुरी के परेको थियो र भनेर सोध्दा उहाँ आफै अचम्ममा पर्नु भयो यदी उजुरी परेको भय निर्बाचन मण्डल ले किन छलफल गदैनथ्यो र ? बिना उजुर ी कसरी अर्काको उम्मेदवारी खारेज गर्न सकिन्छ र ? भन्ने जानकारी दिनुभयो भने आखिर निर्बाचन मण्डललाई नै यसबारेमा जानकारी नभएपछि आखिर उजुरी परयो कहाँ ? यदी उजुरी परेर यसमाथि छलफल नभएको भए स्वतस्फूर्त रुपमा अशोक मैनालीले बिजय हासिल गरेर शपथ खाएपनि बिधान र बिधि को रक्षा गर्ने निकाय कानुनले  पून निर्बाचन गराउन आदेश दिन्छ वा रित नपूगकेको हो भने रित पुगेको उम्मेदबारी नै स्वत बिजय हुँन्छ । यसबारेमा प्रष्ट हुँन जरुरी छ ।

तसर्थ बिस्वसनियता स्रोतको सहि उपयोग अभियोग, आरोप, प्रत्यारोप भन्दा पनि सहि तरिकाले जानकारी मुलक समाचार सम्प्रेक्षण गर्नु नै उत्तम हुँन्छ । कसैलाई संघको काम कार्बाही चित्त नबुझेमा आपसी छलफलको आधारमा समस्याको सहि उपचार गर्न सकिन्न र ? यसप्रति सबैको ध्यान जान जरुरी देखिन्छ । पक्ष र बिपक्षको आलोचना गरेर कलम चलाउँदा हामी प्रबासमा रहेका नेपालीले कसको लागि राम्रो गर्दछौ ? 
तसर्थ हामी एकजुट हुँन जरुरी छ ।

Related

korea 3861626754957855131

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item