ब्रेन टयुमरबाट पिडित काशिराजलाई बचाउन सुदुरपश्चिम कोरियाको अपिल l

दार्चुला जिल्ला धाप -९ का स्थाई बासीश्री काशी राज जोशी दक्षिण कोरिया प्रबेश भएको २ महिनाबाट ब्रेन ट्युमोर नामक डरलाग्दो रोगबाट ग्रसित भई केहि नेपाली साथीहरुको सहयोगले सौल नेशनल हस्पिटल मा सामान्य उपचार गरिरहनु भएको छ /यो रोगको पूर्ण उपचार गराउन शल्यक्रिया समेत गर्नुपर्ने भएकोले सोको लागि ठुलो रकम लगभग तिन करोड वोन बराबर खर्च हुन् सक्ने डाक्टरको प्रारम्भिक अनुमान छ तर बिडम्बना आफ्ना परिवारका आशाका केन्द्र रोजगारी गरि आफ्ना परिवारलाई सुख दिउला भनि सुनौला सपना बोकेर eps बाट कोरिया आएका बिपन्न घरका जोशीको सपना अहिले तुहिएको छ /मर्नु न बाच्नुको अवस्थामा अहिले छटपटी रहेका काशीराज जोशीलाई यति ठुलो रकम कसरी जोहो गर्ने भनि तड्पिरहेका छन् -मर्नु त कसरी घरमा बूढा बाबा-आमा छन्,परिवारको जिम्मेबारी बोकेको मान्छे सबैजना उनीमा निभर छन् ,बाच्नु पनि कसरी दैब को लिला कस्तो भन्दै आफैलाई धिक्कारी आँसु झार्दै एउटा चर्चको शेल्टर मा बसिरहेका छन् l

यस्तो अवस्थामा रहेका उनलाई हामीहरुको सहयोगी हातले केहि सहयोग भएमा खुसीका किरण आउन सक्छ /हाम्रो सानो सहयोगले उनले नया जिन्दगी पाउन सक्छन/ मलिन अनुहारमा मुस्कुराहट देख्न सक्छौ ,बिपन्न घरमा उज्यालो छाउन सक्छ /यस्तो अवस्थामा सहयोग गर्नुपर्ने हामी नेपालीहरुको कर्तब्य ,जिम्मेबारी हुन् आएको पनि छ र नेपालीहरु आपत बिपत परेको बेला एकले अर्कालाई सहयोग गर्ने जाति पनि हो चाहे संसारको कुनै पनि कुनामा हौ , हामीहरु परेको बेला एक हुन्छौ /त्यसैले केहि मसिनो मिठो खाउला ,केहि परिवारलाई ,समाजलाई केहि राहत दिउला भनेर रोजगार गर्न आएका काशी राज जोशीलाई बचाउने अभियानमा पनि हामीहरु सरिक हुनु पर्ने भएको छ/
सुदुर पच्चिम समाज स्थापनाकाल देखि नै सामाजिक सेवामा समर्पित हुदै आएको छ ,समाजले गर्न सक्ने सहयोग गर्दै आएको छ यसरी सामाजिक परोपकारी कार्य गर्नु आफ्नो मूल उद्देश्य ठानेको छ /यसरी बिपतिमा परेका जोशीलाई बचाउन १९ मे २०१३ मा एउटा भेला गरि” काशीराज बचाऊ “आर्थिक संकलन समिति बनाएको छ र कोरिया रहेका सम्पूर्ण दाजु भई तथा दिदीबहिनीहरुलाई यो अभियानमा हातेमालो गरिदिनहुन हार्दिक अपिल गर्दछ /यसकालागी तपाई हरुले निम्न व्यक्तिहरुलाई फोन सम्पर्क गरेर या सोझै HANA BANK को खाता न. 748 -910469 -67807 (rawal )मा आफुले सक्ने दान,सहयोग रखिदिनसक्नु हुन्छ/
यस आर्थिक संकलन समितिका संयोजक तथा सदस्यहरु
संयोजक: डा.शेर बहादुर रावल -010 3386 6870
सदस्यहरु: कविन्द्र खड्का-बुसान 010 3764 6572
: महेन्द्र पन्त-बुसान
: जनक सिंह धामी-इक्सान 010 2682 4553
: प्रेम शाह-फाजु-010 5933 0926
: सुरेन्द्र भण्डारी -सौल – 010 4384 3370
: नबराज भट्टराई -छनान-010 2915 5711
: धर्मराज जोशी -इन्छन-010 8691 1456
: सुबाष कुमार हमाल -010 9686 8848
तपाईहरुको सानो सहयोगले काशीराज जोशीलाई बचाउन सकिन्छ ,त्यसैले” काशीराज बचाऊ ” आर्थिक संकलन अभियानमा तपाईहरु तथा तपाईहरुको सस्था ,समाजले गर्न सक्ने सहयोग दान गरिदिन हुन् बिनर्म अनुरोध गर्दछौ
धन्यवाद (सु. प.समाज दक्षिण कोरिया ) 

Related

korea 9127507508991492749

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item