कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
https://nnkorea.blogspot.com/2013/06/blog-post_10.html
मञ्जु गुरुङ -सउल, दक्षिण कोरिया l
फेसबुक खोल्न साथ स्ट्याटसमा नजर पुग्यो ‘कोरियनसंग विवाह गरेर आएकी नेपाली महिलाले आत्माहत्या गरिन’ । मन चसक्क भयो । कुटपिटको घट्ना त सुनिरहेकै थियो मृत्युको खबरले शरिर नै शिथिल बन्यो । कोरियालीसंग विवाह गरेर कोरिया आएका महिलाहरुको समान्य कुटपिटदेखि केही महिना अघि पक्षघात हुदै मृत्युकै खबर सुन्न पर्यो । यसरी आफुलाई समाहल्न नसकी मृत्युवरण गर्न पुगिन धादिङकी गौरिमाया तामाङ । कोरियालीसंग वैवाहिक बन्धनमा बाधिएर आत्माहत्या गर्ने उनी सम्भवत पहिलो महिला हुन् ।
आत्माहत्याको कारण त खुल्न सकेको थिएन । तैपनि पारिवारीक कारण नै भन्ने अनुमान गर्न सकिन्थ्यो । हुन त २५ बसन्त टेकेकी गौरीको पतिको उमेर ५० वर्ष रहेछ । उमेरमा दोब्बर नै अन्तर परेपछि समझदारीमा फरक आउनु स्वाभाविक हो । त्यसमा पनि भाषा र संस्कृतीको फरक त छदैछ । आत्माहत्याको ठोस कारण खुल्न नसके पनि यस्तै कारणले एक नेपाली चेलीको ज्यान गएको छ । जसले समग्र नेपालीलाई पीडा दिएको छ ।
कोरिया स्थित नेपाली राजदूतबासको सन २०१२ को तथ्यंकले १ हजार ४६ नेपाली महिलाहरुले कोरियाली पुरुषसंग वैवाहिक सम्बन्ध गासेको देखाएको छ । पछिल्लो समय कोरियनसंग विवाह गरेका महिलाहरुले चरम घरेलु हिंसा खेप्नु परेको समाचार पटक पटक आएता पनि कोरिया भित्रिने यस्ता महिलाको संख्यामा कमी आएको छैन् । नेपालका र कोरियाका म्यारिज व्यूरोहरु झन सक्रिय हुदै गइरहेका छन् ।
नेपालका म्यारिज व्यूरोले कतिपय चेलीहरुलाई पैसा लिएर अनेक लालचा देखाउदै ढाटेर कोरियालीसंग विवाह गराई दिन्छन् । यसरी आउने महिलाहरु नै बढी पीडित हुने गरेको पाइन्छ । व्यूरोको बहानामा हुने गरेको यस्ता मानव तस्करलाई रोक्न आम नेपाली लगायत उच्च स्तरबाटै पहल हुन आवश्यक छ । उता फरक भाषा र संस्कृतीकोवीचको वैवाहिक सम्बन्धलाई बुभ्mन नसक्नु अर्कोको मुख्य कारण हो ।
त्यसोत कोरियनसंग विवाह गरे सजिलै आइडी पाइने र पैसा धेरै कमाउन सकिने सोच पनि महिलाहरुलाई हिंसाको शिकार बनाउने अर्को कारण हो । कतिपय यसरी कोरिया भित्रिने महिलाहरु नेपाली यूवासंग मोजमस्ती गर्ने र कोरियाली आइडी पाएपछि पतिसंग पारपाचुके गर्ने योजना बनाएर बसेका हुन्छन् । यस्ता योजनामा सफल भएका केही महिलाहरुको सिको गर्दै कोरिया भित्रिने महिलाहरु पनि हिंसाका शिकार हुने गरेको पाइन्छ ।
त्यसो त आफन्तहरुले नै धेरै पैसा कमाउन सकिन्छ भन्दै कोरियनसंग विवाह गरी पठाएका गाँउका सोझा युुवतीहरु पनि यस्ता पीडितको सूचिमा पर्छन् । यस्ता युवतीलाई कुलतमा फसेका र अपांग जस्ता पुरुषसंग विवाह गरिदिनाले पनि समस्यामा पर्ने गर्छ । कोही पुरुष भने साच्चै खराब पनि हुन्छन् । कतिपय कोरियन पुरुषहरुको चडो रिसाउने र हात छोडिहाल्ने बानीलाई बुझन नसक्दा पनि यस्ता घट्नाहरु घट्ने गर्छन् ।
विवाह एक नितान्त निकटतम सम्बन्ध हो । एउटै राष्ट्रियता र उस्तै संस्कृतीवीच भएको विवाहमा त असमझदारी हुन्छ भने झन छुट्टै देश र फरक संस्कृतीवीचको बैवाहिक संम्बन्धमा अझ गहिरिनु पर्छ । यस्ता सम्बन्धलाई स्वर्थपूर्तिको माध्यम बनाउन खोजे यस्तै पीडा र दुख्त अवस्था निम्तिन सक्छ । त्यसैले विवाह जस्तो पवित्र र जीवनको अतिनै महत्वपूर्ण सम्बन्ध जोड्नुभन्दा पहिला नै धेरै कुरा बुझ्न आवश्यक छ ।
फेसबुक खोल्न साथ स्ट्याटसमा नजर पुग्यो ‘कोरियनसंग विवाह गरेर आएकी नेपाली महिलाले आत्माहत्या गरिन’ । मन चसक्क भयो । कुटपिटको घट्ना त सुनिरहेकै थियो मृत्युको खबरले शरिर नै शिथिल बन्यो । कोरियालीसंग विवाह गरेर कोरिया आएका महिलाहरुको समान्य कुटपिटदेखि केही महिना अघि पक्षघात हुदै मृत्युकै खबर सुन्न पर्यो । यसरी आफुलाई समाहल्न नसकी मृत्युवरण गर्न पुगिन धादिङकी गौरिमाया तामाङ । कोरियालीसंग वैवाहिक बन्धनमा बाधिएर आत्माहत्या गर्ने उनी सम्भवत पहिलो महिला हुन् । आत्माहत्याको कारण त खुल्न सकेको थिएन । तैपनि पारिवारीक कारण नै भन्ने अनुमान गर्न सकिन्थ्यो । हुन त २५ बसन्त टेकेकी गौरीको पतिको उमेर ५० वर्ष रहेछ । उमेरमा दोब्बर नै अन्तर परेपछि समझदारीमा फरक आउनु स्वाभाविक हो । त्यसमा पनि भाषा र संस्कृतीको फरक त छदैछ । आत्माहत्याको ठोस कारण खुल्न नसके पनि यस्तै कारणले एक नेपाली चेलीको ज्यान गएको छ । जसले समग्र नेपालीलाई पीडा दिएको छ ।
कोरिया स्थित नेपाली राजदूतबासको सन २०१२ को तथ्यंकले १ हजार ४६ नेपाली महिलाहरुले कोरियाली पुरुषसंग वैवाहिक सम्बन्ध गासेको देखाएको छ । पछिल्लो समय कोरियनसंग विवाह गरेका महिलाहरुले चरम घरेलु हिंसा खेप्नु परेको समाचार पटक पटक आएता पनि कोरिया भित्रिने यस्ता महिलाको संख्यामा कमी आएको छैन् । नेपालका र कोरियाका म्यारिज व्यूरोहरु झन सक्रिय हुदै गइरहेका छन् ।
नेपालका म्यारिज व्यूरोले कतिपय चेलीहरुलाई पैसा लिएर अनेक लालचा देखाउदै ढाटेर कोरियालीसंग विवाह गराई दिन्छन् । यसरी आउने महिलाहरु नै बढी पीडित हुने गरेको पाइन्छ । व्यूरोको बहानामा हुने गरेको यस्ता मानव तस्करलाई रोक्न आम नेपाली लगायत उच्च स्तरबाटै पहल हुन आवश्यक छ । उता फरक भाषा र संस्कृतीकोवीचको वैवाहिक सम्बन्धलाई बुभ्mन नसक्नु अर्कोको मुख्य कारण हो ।
त्यसोत कोरियनसंग विवाह गरे सजिलै आइडी पाइने र पैसा धेरै कमाउन सकिने सोच पनि महिलाहरुलाई हिंसाको शिकार बनाउने अर्को कारण हो । कतिपय यसरी कोरिया भित्रिने महिलाहरु नेपाली यूवासंग मोजमस्ती गर्ने र कोरियाली आइडी पाएपछि पतिसंग पारपाचुके गर्ने योजना बनाएर बसेका हुन्छन् । यस्ता योजनामा सफल भएका केही महिलाहरुको सिको गर्दै कोरिया भित्रिने महिलाहरु पनि हिंसाका शिकार हुने गरेको पाइन्छ ।
त्यसो त आफन्तहरुले नै धेरै पैसा कमाउन सकिन्छ भन्दै कोरियनसंग विवाह गरी पठाएका गाँउका सोझा युुवतीहरु पनि यस्ता पीडितको सूचिमा पर्छन् । यस्ता युवतीलाई कुलतमा फसेका र अपांग जस्ता पुरुषसंग विवाह गरिदिनाले पनि समस्यामा पर्ने गर्छ । कोही पुरुष भने साच्चै खराब पनि हुन्छन् । कतिपय कोरियन पुरुषहरुको चडो रिसाउने र हात छोडिहाल्ने बानीलाई बुझन नसक्दा पनि यस्ता घट्नाहरु घट्ने गर्छन् ।
विवाह एक नितान्त निकटतम सम्बन्ध हो । एउटै राष्ट्रियता र उस्तै संस्कृतीवीच भएको विवाहमा त असमझदारी हुन्छ भने झन छुट्टै देश र फरक संस्कृतीवीचको बैवाहिक संम्बन्धमा अझ गहिरिनु पर्छ । यस्ता सम्बन्धलाई स्वर्थपूर्तिको माध्यम बनाउन खोजे यस्तै पीडा र दुख्त अवस्था निम्तिन सक्छ । त्यसैले विवाह जस्तो पवित्र र जीवनको अतिनै महत्वपूर्ण सम्बन्ध जोड्नुभन्दा पहिला नै धेरै कुरा बुझ्न आवश्यक छ ।
Post a CommentDefault CommentsFacebook Comments