कोरियामा पुन नेपालीको मृत्यु l

देवेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया 

दक्षिण कोरियामा आज फेरी एक जना नेपालीको मृत्यु भएको छ । ललितपुर झोछेका ३२ बर्षीय राजेश महर्जनको गए राती २.३० बजे हृदयघातबाट मृत्यु भएको हो | 

महर्जन सोलदेखि ३०७ किमी दक्षिण पूर्वी क्षेत्रमा रहेको उल्सान अन्याङमा रहेको हन्कुक स्पेसल ग्रेडीङ कम्पनीका कामदार हुन् | उनलाई राती २.३० बजे स्वशप्रश्वास  प्रकृयामा कठिनाइ भएपछि संगै सुतेका नेपाली साथीहरुले साहु र एम्बुलेन्स बोलाएका थिए | एम्बुलेन्सबाट अस्पताल लैजाँदा लैजाँदै उनलाई बीच बाटोमा  चिकित्सकहरुले मृत घोषणा गरेका थिए | 

संगै काम गर्दै आएका साथीहरुका अनुसार बिहिबार  राती ८.३० बजे काम सकेर  महर्जनले आधा बोतल रक्सी पिएर सुतेका थिए | ईपीएसमार्फत रोजगारी गर्न ४ बर्ष ४ महिना अघि कोरिया आएका उनि केहि महिना अघिमात्र बिदामा घर गएर आएका थिए  |  अहिले उनको शव नजिकैको अस्पतालमा राखिएको छ |

सोलस्थित नेपाली दूताबासका श्रम सहचारी  अनिलकुमार गुरुङले घटनाको विवरण परिवारलाई जानकारी गराई सकिएको बताए | घटनाको बिस्तृत जानकारी लिन दूताबासका प्रतिनिधि आइतबार त्यस तर्फ जाने लागेको पनि गुरुङले बताए | गतहप्ता मात्र बेग्ला बेग्लै घटनामा  २ नेपालीको मृत्यु भएको थियो |

Related

korea 7462672207482903154

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item