छुसकमा खोटाङ्ग सेवा समाजले साङ्गितिक सौगात भाग २ को आयोजना गर्ने l
https://nnkorea.blogspot.com/2013/06/l_748.html
समिर निरौला - सउल, दक्षिण कोरिया l
छुसकमा गर्न लागीएको साङ्गितिक कार्यक्रमलाई मुख्य छलफलको बिषय बनाएर गत ९ तारिक जुनका दिन तोङ्देमुनको एक रेष्टुरेण्टमा खोटाङ्ग सेवा समाजको नियमित मिटिङ सम्पन्न भएको छ । बार्षिक रुपमा हुने गरेको साङ्गितिक कार्यक्रमलाई निरन्तरता दिने भन्दै अध्यक्ष मानध्वज राईले नेपाली सँघ सँस्थाहरु बीच सद्भाब कायम गर्दै सँस्थालाई अझ सक्रिय रुपमा अघि बढाउनको लागी यस्ता कार्यक्रमहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।
आउदो २३ तारिक आइतबारका दिन माङ्ओल्साको सिनहोङ कलेजमा साङ्गितिक सौगात भाग २ को बारेमा बृहत छलफल हुने सचिव मणी राईले जानकारी दिनुभएको छ भने खोटाङ्गबाट कोरिया आई बिभिन्न पेशा ब्यावशायमा आवद्ध रहनुभएका सम्पुर्ण कमिटी महानुभावहरु र खोटाङे दिदीबहिनी दाजुभाइहरुले मिटिङमा उपस्थिति जनाएर साथ दिन अनुरोध गरिएको छ । त्यसैदिन मिटिङ सकेर खुरोको खोरे हस्पिटलमा उपचार गराईरहेका बाक्सिला ९ खोटाङ्गका निरज राईको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष मानध्वज राईले निरजको स्वास्थ्य लाभको कामना गर्नुका साथै खोटाङ्ग सेवा समाजले उनलाई सक्दो सहयोग गर्ने बताएका थिए ।

.jpg)
Post a CommentDefault CommentsFacebook Comments